-तरुण भारती

१६ जेठ, ताप्लेजुङ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले लागू औषध नियन्त्रणमा पछिल्लो समयमा सक्रियता बढाएको छ । एक हप्ता नबित्दै फुङ्लिङको कोप्चे बाट २ जनालाई नियन्त्रणमा लिएको प्रहरीले आज एकै दिन चारजनालाई फुङ्लिङ बजारबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा फुङ्लिङ नगरपालिका वडा नम्बर ६ बस्ने २१ वर्षका शुभम पोखरेल ,सोही ठाउँ बस्ने वर्ष २५ का रोशन पोखरेल, वर्ष २२ का लाक्पा छिरिङ शेर्पा र फुङ्लिङ नगरपालिका वडा नम्बर १ बस्ने वर्ष २४ का हरि प्रसाद बराल रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमल प्रसाद लुंगेलीले जानकारी दिनुभयो ।

घर भित्र लुकाई छिपाई राखेको लागू औषध प्रहरीले बिक्री गरेको सूचनाका आधारमा खोजतलास गर्दा जफत गरी सात दिन हिरासतमा राख्ने अनुमति लिइ अनुसन्धान भइ रहेको लुङ्गेलिले बताउनु भयो।

उनिहरुको साथबाट Tramadol Hydrochloride Capsules IP ७० (सत्तरी) पिस र Spaspain ट्याब्लेट ६० (साठी) पिस फेला परेको हो।

त्यसै गरि प्रहरीले पछिल्लो समयमा गाँजामा समेत निगरानी बढाइरहेको छ। गाउँ गाउँमा विभिन्न जमिनमा रहेको प्राकृतिक रुपमा उम्रिएको गाँजालाई आफ्नो नियन्त्रणमा लिन थालेको हो।

प्रहरी कार्यालय ताप्लेजुङले पछिल्लो समयमा दुई स्थानबाट प्राकृतिक रूपमा फैलिएको गाँजालाई आफ्नो नियन्त्रणमा लिई नष्ट गरिएको लुङ्गेलीले जानकारी दिनु भएको हो।

लागु औसधलाई ताप्लेजुङमा निर्मुल नै पारेर जाने लुङ्गेलिले कन्चनजङ्घा न्युजलाई बताउनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय