काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोध साँध्न पक्राउ गरिएको टिप्पणी गरेका छन् ।

मंगलबार साँझ प्रहरीले कान्तिपुरस्थित कार्यकक्षबाटै सिरोहियालाई पक्राउ गरेपछि सामाजिक सञ्जाल एक्समा उनले यस्तो बताएका हुन् ।

‘आफू दोहोरो पासपोर्ट लिँदै हिँड्ने र सहकारी ठगीको आरोपविरूद्ध छानबिन हुन नदिने,’ गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै कोइरालाले लेखेका छन्, ‘तर तीन दशकदेखि सूचना प्रवाह र लोकतन्त्रको पहरेदार भई उभिएको कान्तिपुरका अध्यक्ष सिरोहियामाथि प्रतिशोध साँध्न गरिएको पक्राउ स्वीकार्य छैन।’

साथै उनले प्रहरीले सही र गलत छुट्टाउनेमा आफू विश्वस्त रहेको पनि बताएका छन् ।

धनुषा अदालतले मंगलबार नै सिरोहियाको नागरिकताबारे पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय