-तरुण भारती

ताप्लेजुङ ।नेपालमा मात्र पाइने लोक्ताबाट निर्मित पाहाडे कागज । अनी बिभिन्न ८ भन्दा बढि बनस्पतीहरु सुनपाती, भौरुङपाती, धुपी, कपुरलगायतको धुलो मिसिएको ढुटो । यती कच्चा सामाग्री भएपछि १५ जना आमा तथा दिदिबहिनीहरु धुप बनाउन तयार हुनुभयो । कार्यक्रम थियोे ताप्लेजुङ महोत्सवको अवसरमा धुप बनाउने प्रतियोगिता।

प्रतियोगिताको संयोजक गरिरहनु भएकी अन्जना कडरियाले समय सुरु भएको बताए पछि सबै प्रतियोगीहरुले आ -आफ्नो हातमा पाहाडे कागज लिदै ढुटो हालेर कलात्मक शैलिमा बेर्नु सुरु गरे।

निकै नै रमाइलो अनि सिपमुलक प्रस्तुती हेर्नको लागि दर्शकको तछाडमछाड थियो। उद्घोषण गरिरहनु भएकि कडरियाले तत्काल कसले कति ओटा बनाउनु भयो सोको जानकारी गराइ राख्नु भएको थियो। मात्र ५ मिनेटको समयावधी तोकिएको कार्यक्रममा प्रतियोगी सुकमाया फुरुम्बुले १० ओटा धुप बनाइ प्रथम स्थानमा आफ्नो नाम लेखाउनुभयो। फुरुम्बु धुप बनाउन खुब मायुर अनि उत्तिकै सिपालु भन्दै अरु प्रतियोगीले समेत प्रशम्सा गरे।

त्यस्तै धुप बनाउन उत्तिकै सिपालु प्रतियोगी कृष्णमाया कार्कीले निर्धारित समयमा ८ ओटा धुप बनाइ दोस्रो बन्न सफल बन्नुभयो। ७ ओटा धुप बाटेर तृतीय बन्नु भएकी राधिका खवासले अरुबेला ५ मिनेटमा आफुले १० ओटा बनाएको बताउनु भयो ।

५ मिनेटमा एउटा मात्र धुप बनाउन सफल भिमा बरालले अरुलाई हौसला प्रदान गर्न आफू सहभागी भएको बताउनु भयो।

बाटेको धुप वातावरणीय दृष्टिकोणबाट पनि राम्रो छ । बजारमा पाइने सिंके धुप भन्दा बहुउपयोगी समेत रहेकोले यसको माग बढिरहेको साना तथा घरेलु उद्योग ताप्लेजुङका अध्यक्ष राजेन्द्र भारतीले बताउनुभयो।

प्रतियोगीहरुले यसलाइ बजारीकरण गर्न सके हरेक महिलाको आवश्यकता पुरा गर्ने र परिवारसँग आश्रीत बन्न नपर्ने गरिको स्थिती बनाउछ कि भन्ने विस्वास व्यक्त गरे।

स्थानीय कच्चा पदार्थको उचित प्रयोग गरि उत्पादनलाई प्रोत्साहन गर्नको लागि यो प्रतियोगिता संचालन गरिएको कडरियाको भनाइ रहेको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!