ताप्लेजुङ – संघर्ष समितिले यातयात बन्दलाई अनिश्चितकाल सम्मका लागि लागु गर्ने घोषणा गरेको छ ।
जेठ २ र ३ गते दुई दिनका लागि मात्र बन्द आह्वान गरेका समितिलेहरुले भालिबाट पुन अनिश्चितकालसम्मका लागि बन्दको आह्वान गरेका छन् । बिहीबार साँझ प्रेस विज्ञप्ती जारी गर्दै भोलिबाट परिस्थिति अनुसार आन्दोलनका कार्यक्रमहरु सशक्त बनाउँदै लाने समेत जनाएको छ । मुक्कुम्लुङ संरक्षण संयुक्त सङघर्ष समिति, पाथीभरा केबलकार खारेजी संयुक्त संघर्ष समिति, किराँत याक्थुङ चुम्लुङ सङघीय समिति, लिम्बु थरगत संस्था लगायतका संस्थाहरुले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै अनिश्चितकालिन बन्दको आह्वान गरेका छन् ।
पाथीभरा क्षेत्रमा केलबकार निर्माणका लागि रुख कटान गरेको विरुद्धमा संघर्ष समितिले मेची राजमार्ग, तमोर करिडोर र ताप्लेजुङ यातयात बन्दको आह्वान गरेका छन् । बन्दका समयमा एमबुलेन्स, दुध सागसब्जी, फोहोर बोक्ने गाडी, प्रेस र कुटनीतिक नियोगका गाडीलाई अवरोध नगरिने जनाइएको छ । बन्द कार्यक्रमलाई उल्लघंन गरिए यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी स्वयम उल्लंघनकर्ता र राज्यले लिनुपर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।








