–तरुण भारती

३१ बैसाख, ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा यहि जेठ पहिलो सातादेखी शुरु हुने दोस्रो ताप्लेजुङ महोत्सव तथा कृषि, पर्यटन, औद्योगिक व्यापार मेलालाई लक्षित गरेर सोमबार बजार सरसफाई गरिएको छ ।
फुङ्लिङ नगरपालिका तथा जिल्ला समन्वयन समितिको आयोजनामा बैसाख ३ देखि ७ गते सम्म फुङ्लिङ नगरपालिका वाड नं. ५ स्थित हुलाक लाइन नजिकको प्राङ्गणमा हुने महोत्सवलाई केन्द्रित गरेर बजारका बिभिन्न टोल तथा सडक नाली सरसफाई गरिएको हो ।

तोक्मे डाँडाबाट शुरु भएको सरसफाई अभियान बजारका बिभिन्न भागको सरसफाई पछि पाथीभरा चौकमा पुगेर सकिएको थियो । सरसफाई अभियानको अवसरमा बोल्दै महोत्सव आयोजकका सचिव देवराज गुरुङले महोत्सवमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई ताप्लेजुङ बजार सफा र सुरक्षित नगर रहेको सन्देश प्रवाहका लागि सरसफाई गरिएको बताउनुभयो । सरसफाई अभियानमा उद्योगी व्यवसायी, नेपाली सेना, नेपाल प्रहरी, पाथीभरा बहुमुखी क्याम्पसका विद्यार्थी, बिभिन्न क्लब सघं संस्था लगायतको सहभागिता रहेको थियो ।महोत्सवमा स्थानीय स्तरमा उत्पादित कृषि, हस्तकला तथा पशुजन्य उत्पादनको प्रर्दशनी, बिभिन्न जातजातिको झाँकी प्रर्दशन गरिने आयोजकले बताएको छ ।

महोत्सवमा म्याराथनलाई मुख्य आकर्षणको रुपमा राखिएको छ । म्याराथनमा पुरुष तर्फ प्रथम हुनेले १ लाख ५१ हजार १ सय ११, द्धितीयले १ लाख ११ हजार १ सय ११ तथा तृतीयले ५१ हजार १ सय ११ रुपैयाँ सहित प्रमाण पत्र प्राप्त गर्नेछन् । महिला तर्फको बिजेता र उपबिजेतालाई क्रमश ८१ हजार १ सय ११, र ५१ हजार १ सय ११ प्रदान गरिने आयोजकको भनाई छ । त्यस्तै तृतीय हुनेलाई ३१ हजार १ सय ११ रुपैयाँको व्यवस्था गरिको छ । सहभागी प्रतियोगी मध्ये उत्कृष्ट १० आँै स्थान सम्म आइपुग्ने पुरुष तथा महिला दुबैलाई समान ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

माध्यमिक तह वक्तृत्वकला, बाति कात्ने, टपरी बुन्ने जस्ता सिपयुक्त कार्यक्रमहरु पनि समावेश गरिएको सचिव गुरुङको भनाइ रहेको छ ।

८० लाख खर्च र १ करोड बराबरको आम्दानी गर्ने लक्ष्य आयोजकको रहेको महोत्सव संयोजक छिरीङ लामाले बताउनु भयो । ९० हजार बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवमा १० करोड भन्दा बढीको कारोवार हुने आँकलन रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!