२७ वैशाख, विराटनगर । नेकपा एमाले नेता हिक्मतकुमार कार्की तेस्रो पटक कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । आफैंले नेतृत्वमा पुर्याएका केदार कार्कीलाई विस्थापित गर्दै हिक्मत तेस्रो पटक मुख्यमन्त्री नियुक्त भएका हुन् ।
२४ पुस २०७९ माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा हिक्मत पहिलो पटक मुख्यमन्त्री बनेका थिए । तर केन्द्रमा नेपाली कांग्रेससँग समीकरण बनेपछि माओवादी केन्द्रले सरकार छाडेपछि १५ असार २०८० मा उनी सत्ताबाहिर पुगे ।
त्यसपछि नेपाली कांग्रेसका नेता उद्धव थापा दुई पटक मुख्यमन्त्री भए । एक पटक सभामुखको समर्थन लिएर मुख्यमन्त्री भएका उनी सर्वोच्च अदालतको आदेशमा पदमुक्त भए । दोस्रो पटक प्रदेशसभाको अध्यक्षता गरेका सांसदले विश्वासको त दिएपछि अदालतको आदेशमा पदमुक्त भए ।
थापालाई प्रदेशसभाको अध्यक्षता गरेका सांसद इस्राइल मन्सुरीले विश्वासको मत दिएको मुद्दामा सर्वोच्च अदालतले थापा पदमुक्त हुने र ठूलो दलको संसदीय दलको नेताको हैसियतमा हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त हुने आदेश दिएको थियो ।
अदालतको आदशेपछि उनी दोस्रो पटक मुख्यमन्त्री हुने अवसर पाए । तर प्रदेशसभामा विश्वासको मत लिन नसकेपछि उनले राजीनामा दिएका थिए ।
आफूले राजीनामा दिएपछि कार्कीले नेपाली कांग्रेसबाट ८ सांसदसहित विद्रोह गरेका केदार कार्कीलाई आफ्ना ३९ सांसदको समर्थन दिलाए ।
Onlinekhabar
२७ वैशाख २०८१, बिहीबार
तेस्रो पटक मुख्यमन्त्रीको कुर्सीमा हिक्मत कार्की
0
295
Shares
facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
हरि अधिकारी हरि अधिकारी
२०८१ वैशाख २७ गते १४:५९
२७ वैशाख, विराटनगर । नेकपा एमाले नेता हिक्मतकुमार कार्की तेस्रो पटक कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । आफैंले नेतृत्वमा पुर्याएका केदार कार्कीलाई विस्थापित गर्दै हिक्मत तेस्रो पटक मुख्यमन्त्री नियुक्त भएका हुन् ।
२४ पुस २०७९ माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा हिक्मत पहिलो पटक मुख्यमन्त्री बनेका थिए । तर केन्द्रमा नेपाली कांग्रेससँग समीकरण बनेपछि माओवादी केन्द्रले सरकार छाडेपछि १५ असार २०८० मा उनी सत्ताबाहिर पुगे ।
त्यसपछि नेपाली कांग्रेसका नेता उद्धव थापा दुई पटक मुख्यमन्त्री भए । एक पटक सभामुखको समर्थन लिएर मुख्यमन्त्री भएका उनी सर्वोच्च अदालतको आदेशमा पदमुक्त भए । दोस्रो पटक प्रदेशसभाको अध्यक्षता गरेका सांसदले विश्वासको त दिएपछि अदालतको आदेशमा पदमुक्त भए ।
थापालाई प्रदेशसभाको अध्यक्षता गरेका सांसद इस्राइल मन्सुरीले विश्वासको मत दिएको मुद्दामा सर्वोच्च अदालतले थापा पदमुक्त हुने र ठूलो दलको संसदीय दलको नेताको हैसियतमा हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त हुने आदेश दिएको थियो ।
अदालतको आदशेपछि उनी दोस्रो पटक मुख्यमन्त्री हुने अवसर पाए । तर प्रदेशसभामा विश्वासको मत लिन नसकेपछि उनले राजीनामा दिएका थिए ।
आफूले राजीनामा दिएपछि कार्कीले नेपाली कांग्रेसबाट ८ सांसदसहित विद्रोह गरेका केदार कार्कीलाई आफ्ना ३९ सांसदको समर्थन दिलाए ।
त्यसपछि केदार कार्की मुख्यमन्त्री भए पनि पुन: तत्कालिन सत्तारुढ घटक कांग्रेस र माओवादीलाई सरकारमा सामेल गराएपछि एमाले केदार कार्की सरकारबाट बाहिरियो ।
२१ फागुनमा केन्द्रमा पुन: एमाले र माओवादी केन्द्रको गठबन्धन बनेपछि २७ वैशाखमा तेस्रो पटक सत्ता नेतृत्वमा पुगेका हुन् । तेस्रो सत्ता यात्राका क्रममा हिक्मतले आफैंले समर्थन गरेका मुख्यमन्त्री केदार कार्कीले अफ्ठयारोमा पारे ।
अल्पमतमा परेपछि राजीनामा नदिने र विश्वासको मत पनि नलिने अडानमा केदार बसेपछि हिक्मतको मुख्यमन्त्री बन्ने समय धकेलिएको थियो ।
केन्द्रमा समीकरण फेरिएपछि २६ चैतमा एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएर ७ वशाखमा विश्वासको मत परीक्षणका लागि संसदबाट संकल्प प्रस्ताव पारित गरे ।
तर केदार कार्कीले विश्वासको मत लिएनन्, राजीनामा पनि दिएनन् । ३० दिन समय कटेपछि बुधबार राति नयाँ सरकार गठन आह्वान भयो । प्रदेश प्रमुखले दुई दिनको समय दिएपनि हिक्मतले बिहीबार बिहान मुख्यमन्त्रीमा दाबी पेश गरे ।
लगत्तै प्रदेश प्रमुखले समर्थकको समर्थनपछि मुख्यमन्त्री नियुक्त गरे । आफू मुख्यमन्त्री हुँदाहुँदै नयाँ सरकार गठन आह्वान गर्ने प्रदेश प्रमुख परशुराम खापुङको निर्णयविरुद्ध केदार कार्कीले सर्वोच्च अदालतमा रिट दिएका छन् ।