२७ बैशाख, ताप्लेजुङ । नेपाली काङ्ग्रेस ताप्लेजुङमा सस्थापक तथा पूर्व मन्त्री सुर्यमान गुरुङको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।
पूर्वमन्त्री गुरुङको गत बैशाख २५ गते काठमाडौमा उपचारको क्रममा निधन भएको परिवारिक स्रोतले जानकारी दिएको हो ।
बिहिवार पार्टी कार्यालयमा नेपाली काङ्ग्रेस ताप्लेजुङद्वारा आयोजित श्रद्धाञ्जली सभामा उप-सभापति डिल्लीरमण बराले गुरुङको निधनले पार्टी र आन्दोलनलाई अपुरणीय क्षति भएको बताए ।
ससस्त्र आन्दोलनमा सहकार्य गरेको स्मरण गर्दै बरालले भन्नुभयो, ‘उहाँको निधनले पार्टीले एउटा असाध्यै निष्ठावान, इमान्दार र वर्गप्रति दृढ नेता गुमाएको छ ।’
श्रद्धाञ्जली सभामा काङ्ग्रेसका अर्का नेता केशव प्रसाद दाहालले गुरुङ अवसर पाएर पनि बेइमान नबनेको एउटा असल क्रान्तिकारी योद्धा भएको बताए ।
कार्यक्रममा सभापति गजेन्द्रप्रसाद तुम्याहाङले स्वर्गीय गुरुङ निष्ठा र इमानको पर्याय भएको बताए ।
कार्यक्रममा पार्टीका नेताहरुले गुरुङको जन्मदेखि मृत्युुसम्मका विविध पक्षमा प्रकाश पारेका थिए ।








