फक्ताङ्लुङ। ताप्लेजुङको फक्ताङ्लुङ गाउँपलिका-२ मा रहेको खेजेनिम मावि का विद्यार्थीहरुलाइ लालीगुराँस सेवा द्वारा २ लाख बराबरको खेलकुद सामाग्री, स्टेशनरी र ट्रयाक सुट वितरण गरिएको छ ।
खेजेनिम माविमा कक्षा-५ सम्मका ९० जना विद्यार्थीहरुलाइ ट्रयाक सुट, कक्षा १० सम्मका सबै विद्यार्थीहरुलाइ ८६० थान कपी र कलम वितरण गरिएको छ ।
त्यस्तै, प्रत्येक वर्ष ४ जनालाई १० वर्षसम्म छात्रवृत्ति स्वरुप वर्षको ३ हजारको दरले छात्रवृत्ति दिने स्म्झाैता भएको छ भने यो वर्षको एकमुष्ठ १२ हजार रुपैयाँ प्रदान गरिएको छ । विद्यार्थीहरुलाइ १०७ जोडी चप्पल, २ थान फुटबल र १ थान भलिबल समेत हस्तान्तरण गरेको छ ।
२०८० सालमा फक्ताङ्लुङ गाउँपलिका-६ लेलेपमा स्थापना भएको यस संस्थाको संयोजन नेपाली काङ्ग्रेस फक्ताङ्लुङ गाउँपालिका सभपती तथा लालीगुराँस सेवा समाजका सल्लाहकार तेन्जिङ वालुङले गर्नुभएको थियो भने फक्ताङ्लुङ गाउँपलिकामा यो संस्थाले पहिलोपटक सहयोग गरेको हो ।
कार्यक्रममा फक्ताङ्लुङ गाउँपालिका उपाध्यक्ष रविन साम्रा लिम्बू (विकास), संस्थाका अध्यक्ष सीता ढुंगाना, फक्ताङलुङ-२ खेजेनिम वडा अध्यक्ष भुपेन्द्र चाैलागाइ, संस्थाका सल्लाहकार तेन्जिङ वालुङ र वि. व्य. स. अध्यक्ष दिल कुमार पतङवा साथमा स्थानीय अभिभावकहरुको उपस्थिति रहेको थियो ।







