
ताप्लेजुङ । सुबोधिनी सामुदायिक सिकाइ केन्द्र ताप्लेजुङले आयोजना गरेको प्रथम लोकनृत्य प्रतियोगितामा तमोर इङलिस स्कुल प्रथम भएको छ।
फुङ्लिङ नगरपालिका वाड न. १ , २ र ३ भित्रका सामुदायिक तथा निजि बिधालयका बिच आयोजना गरेको विद्यालयस्तरीय लोक नृत्य प्रतियोगिताको उपाधिसँगै तमोरले ५ हजार नगद पुरस्कार, शिल्ड, प्रमाणपत्र प्राप्त गर्यो।
आइतबार सञ्चालित प्रतियोगितामा १० वटा विद्यालय सहभागी थिए। प्रतियोगितामा फुङ्लिङ आधारभूत बिधालय दोस्रो हुँदै ३ हजार नगद, सिल्ड र प्रमाणपत्र प्राप्त गर्यो।
बिरेन्द्र मावि तेस्रो हुँदा नगद २ हजार सहित सिल्ड प्रमाणपत्र प्राप्त गर्यो ।
प्रतियोगिता समापन कार्यक्रममा बोल्दै सिकाइ केन्द्रका अध्यक्ष डिल्लीरमण बरालले बालबालिकाको क्षमता विकास तथा प्रदर्शनका लागि कार्यक्रम आयोजना गरिएको बताउनु भयो।
कार्यक्रममा प्याब्सन पुर्व केन्द्रिय सदस्य युवराज गिरी, ताप्लेजुङ प्याब्सनका पुर्व अध्यक्ष इन्द्रकुमार गुरुङ लगायत विभिन्न बिधालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो।