–तरुण भारती
फुङ्लिङ। १४ औं संस्करणको राष्ट्रपति रनिङ शिल्ड जिल्ला स्तरीय खेलकुद प्रतियोगितामा मेडल जित्ने खेलाडीहरुलाई फुङ्लिङ नगरपालिकाले नगद सहित सम्मान गरेको छ ।
प्रतियोगितामा स्वर्ण पदक जित्नेलाई नगद दुई हजार, रजत पदक विजेतालाई एक हजार पाँच सय र काँस्य विजेतालाई एक हजार रुपैयाँ नगद पुरस्कारले सम्मान गरिएको नगर प्रमुख अमिर मादेनले जानकारी दिनुभेको छ ।
आठराइ त्रिवेणी गाउँपालिकाको महभिरको खेलमैदानमा सम्पन्न प्रतियोगितामा फुङ्लिङ नगरपालिकाले २१ स्वर्ण, ८ रजत र २ काँस्य सहित फुङ्लिङ दोस्रो स्थान हासिल गरेको थियो ।
सहभागी खेलाडीलाई प्रोत्साहन गर्ने उदेश्यले पुरस्कृत गर्ने निर्णय गरिएको मादेनले बताउनुभयो ।
फोटो:




































