ताप्लेजुङ – मालपोत कार्यालय ताप्लेजुङले पछिल्लो छ महिनाको अवधिमा एक करोड छ लाख रुपियाँ बढी राजस्व सङ्कलन गरेको छ। मालपोत कार्यालयले चालू आर्थिक वर्षको छ महिना अर्थात् पुस मसान्तसम्ममा उक्त राजस्व रकम सङ्कलन गरेको हो।

मालपोत कार्यालयका प्रमुख निर्मल शेर्पाका अनुसार चालू आवको साउन महिनादेखि पुस मसान्त सम्ममा कुल एक करोड छ लाख ३४ हजार ६४१ रुपियाँ राजस्व सङ्कलन भएको छ। कुल रकममध्ये जग्गा रजिस्ट्रेसन दस्तुरबापत ६० लाख चार हजार २६४ रुपियाँ र पुँजीगत लाभकरबापत ४६ लाख ३० हजार ३७७ रुपियाँ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख शेर्पाले जानकारी दिनुभयो।

जग्गा कारोबार अर्थात् रजिस्ट्रेसन प्रकारअन्तर्गत राजिनामा पासको सङ्ख्या ३५४ रहेको छ। राजीनामा पाससहित हालैको बकसपत्र, अंश भर्पाइ, अंश वण्डा, दर्ताफारी, छोडपत्र, संगोलनामा, भोग बन्धकी र दृष्टि बन्धक समेत गरी छ महिनामा रजिस्ट्रेसन कार्यको सङ्ख्या ६९८ रहेको छ।

यता जग्गा रजिस्ट्रेसन बापत सङ्कलन भएको राजस्व रकम भने स्थानीय र प्रदेश सरकारलाई बाँडफाँड हुने कार्यालय प्रमुख शेर्पाले बताउनुभयो। उहाँका अनुसार स्थानीय तहलाई ६० प्रतिशत र प्रदेश सरकारलाई ४० प्रतिशतका दरले राजस्व बाँडफाँड हुने व्यवस्था रहेको छ। पुँजीगत लाभकर बापत सङ्कलन हुने राजस्व रकम भने सङ्घीय सरकारको खातामा जम्मा हुने उहाँले जानकारी दिनुभयो।

मालपोत कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७९र८० को छ महिना अर्थात पुस मसान्त सम्ममा रजिस्ट्रेसनबापत ६५ लाख ११ हजार ५०२ रुपियाँ राजस्व सङ्कलन भएको थियो। त्यस्तै पुँजीगत लाभकरबापत ७३ लाख २६ हजार ६५१ राजस्व सङ्कलन भएको थियो। गत आवको तुलनामा चालू आवको छ महिनामा केही कम राजस्व सङ्कलन भएको मालपोत कार्यालय ताप्लेजुङले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!