१७ माघ, ताप्लेजुङ । हिजोदेखि नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान सुरु भएको छ । शहीद दिवसको अवसर पारेर कांग्रेस ताप्लेजुङले सहिद श्रीप्रसाद पराजुलीको सालिकमा माल्यार्पण गर्दै हिजोदेखि औपचारिक रुपमा अभियानको सुरुआत गरेको सभापति गजेन्द्र प्रसाद तुम्याहाङले जानकारी दिनुभएको हो ।

अभियानअन्तर्गत सबै वडा तहमा कार्यक्रम हुने कांग्रेसले जनाएको छ । २६ गतेसम्म सञ्चालन हुने अभियानमा नेताहरूले जनताका कुरा सुन्नेछन् । तर, औपचारिक कार्यक्रम भने हुनेछैनन् ।

अभियानका लागि ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि र ७ वटै प्रदेशमा शीर्ष नेताहरु खटाइएको छ ।

यता ताप्लेजुङमा भने भिम पराजुलीको प्रतिनिधित्वमा कार्यक्रम भएको हो ।

यसअघि एक महिनाका लागि तय भएको कार्यक्रम राष्ट्रिय सभा निर्वाचनका कारण कांग्रेसले छोट्याएको हो । यही अभियानअन्तर्गत महामन्त्री गगनकुमार थापाले हुलाकी राजमार्ग वरपरका जिल्लामा ‘संवाद यात्रा’ सुरु गरिसकेका छन् ।

नेपाली काङ्ग्रेस ताप्लेजुङको यस्तो छ कार्यक्रम तालिका:

२०८० माघ १६ गते सहिद श्रीप्रसाद पराजुलिको सालिकमा माल्यार्पण ।
२०८० माघ १६ गते दिनको २ बजे पश्चात अभियान उद्घाटन तथा बिस्तारित बैठक सम्पन्न ।
२०८० माघ १७ गते देखि माघ १९ गतेसम्म वडा कार्यसमितिमा प्रचार प्रसार र कार्यक्रमको तयारि उक्त समयमा सहिद परिवार,प्रजातान्त्रिक सेनानि,जेष्ठ राजनीतिज्ञहरुसंग भेटघाट !
२०८० माघ २० गते देखि माघ २५ गतेसम्म जिल्ला प्रतिनिधि ज्युहरु, तोकिएको वडामा रहि अभियान सन्चालन गर्ने !
-२०८० माघ २६ गते ६१ वटै प्रतिबेदन प्रस्तुतिकारण र स्व.सुशील कोइरालाको स्मृति दिवस मनाउदै अभियानको समापन गर्ने ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!