ताप्लेजुङ – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ताप्लेजुङले २३ औँ जिल्ला अधिवेशन गर्ने भएको छ ।

आईतबार आज प्रेस विज्ञप्ती जारी गर्दै आगामी माघ १९ र २० गते २३ औँ जिल्ला अधिवेशन गर्ने तयारी गरिरहेको आयोजक जिल्ला कमिटी संयोजक मिङमा शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार अनेरास्ववियु केन्द्रिय अध्यक्ष समिक बडालको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन गरिने पनि आयोजक कमिटीले जनाएको छ ।

ताप्लेजुङमा सबैका लागि शिक्षा हाम्रो आव्हान, सार्वजनिक शिक्षा सुधारका लागि अनेरास्ववियुको अभियान भन्ने मुल नाराका साथ नेकपा एमाले ताप्लेजुङ जिल्ला पार्टी कार्यालयको सभा हलमा अधिवेशन तय गरिएको छ । आयोजक कमिटीले ताप्लेजुङको ३८ वटा मावि कमिटी, ९ वटा पालिका कमिटी, १ वटा क्याम्पस कमिटीमार्फत १ हजार ७ सय ८५ जना विद्यार्थीहरुलाई कमिटीमा आवद्ध गराइएको अनेरास्ववियु ताप्लेजुङले जनाएको छ । नवनिर्वाति जिल्ला कमिटिमा २ महिला सहित ७ पदाधिकारी गरी ४१ सदस्यीय रहनेछ ।

अधिवेशनलाई व्यवस्थित गर्न संगठनले १० ओटा उपसमितिहरु निर्माण गरिएको छ । ताप्लेजुङमा २०३४ सालमा । ताप्लेजुङमा रत्न लाबुङको अध्यक्षतामा प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!