१२ मङ्सिर, ताप्लेजुङ । पहिचानवादीहरुले आफ्ना कार्यकर्ताको रिहाईको माग गर्दै प्रदेश एक पुनः नामाकंन संघर्ष समितिले भोलि ताप्लेजुङ बजार तथा सबै किसिमका सावारी साधन पुर्ण रुपमा बन्द गर्ने प्रेस बिज्ञप्ती निकालेको छ।

समितिका संयोजक डम्बर बहादुर पालुङ्वाको हस्ताक्षरमा मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै बन्दको जानकारी गराएको हो ।

बजार पसल तथा यातायात बन्द भएता पनि विद्यालयहरु नियमित रुपमा सन्चालनमा कुनै अवरोध नभएको सरोज कङ्लिवा लिम्बुले जानकारी दिनुभयो।

गत मंसिर १० गते एमालेका केन्द्रिय सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराई र पोलिटव्युरो सदस्य तथा प्रदेश सांसद तीलकुमा मेन्याङ्वोलाई विरोध गर्ने क्रममा एमाले निकट राष्ट्रिय युवा संघ द्धारा आफुहरुलाई हमाला गर्ने , घुँसपैट गर्ने काम भएको समितिले विज्ञप्ति मार्फत आरोप लगाएको छ ।
प्रशासनले पनि आफुहरुमाथि हमला गर्ने समुहलाई कारवाही गर्नुको सट्टा शान्तिपुर्ण आन्दोलनमा संलग्न रहेका पहिचान पक्षका विपिन कंलिवा र आनन्द कंलिवालाई मध्यराति गिरप्तार गरि झुटो आरोप लगाउने नियत गरेको भन्दै समितिले आपत्ति रहेको जनाएको छ ।

अब चरणवद्ध आन्दोलन रहेको घोषणा गर्दै त्यस प्रकृयावाट उत्पन्न हुने परिस्थितीको जिम्मा सम्वन्धित निकायले लिनुपर्ने पनि विज्ञप्तिमा भनिएको छ ।

हेर्नुहोस:

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!