
ताप्लेजुङ । हिटीमा स्वास्थ्य चौकीको उद्घाटन सम्पन्न भएको छ ।
भवनको उद्घाटनको अवसरमा करिव ८० जना सेवाग्राहीहरुले निशुल्क सेवा लिएको फुङ्लिङ नगरपालिका ८ का वाड अध्यक्ष क्षितिज सुनुवारले जानकारी दिनुभएको छ ।
निःशुल्क सुगर प्रेसर जाँच, आँखाको जाँच तथा औषधी वितरण र चस्मा वितरण गरिएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष सुनुवारले शिक्षा र स्वास्थ्य मानिसको जिवनसँग जोडिएको हुँदा आफ्ना वाडबासीरुप्रति सेवा लिएकोमा आभार व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमा बोल्दै फुङ्लिङ नगर प्रमुख अमिर मादेनले मानव जिवन समृद्धिका लागि गुणस्तरीय स्वास्थ्य सेवा अत्यन्तै आवश्यक रहेको वताउनुभयो । स्वास्थ्यमा भौतिक संरचनाको क्षेत्रमा विकास भईसकेको अवस्थामा अव स्वास्थ्य संस्थाहरुलाई प्रविधिमैत्री वनाई गुणस्तरीय सेवा प्रदानतर्फ उन्मुख हुने जानकारी दिनुभएको थियो ।