ताप्लेजुङ : कोशी प्रदेशका सांसद खगेनसिं हाङगामले प्रहरी संगठनमाथि आफ्नो उच्च सम्मान रहेको बताएका छन्। आइतबार सदरमुकामस्थित सामुदायिक भवनमा बीपी कोइरालाको ११०औं जन्मजयन्तिका अवसरमा आयोजित कार्यक्रममा हाङगामलाई नेपाल प्रहरीलाई आफूले सधैँ सल्युट गर्ने बताएका हुन्। भदौ २२ गते आफूले कोणसभामा बोलेको विषयलाई एकतर्फी रूपमा अतिरञ्जित गरिएको उनको भनाइ छ।

‘यो अतिरञ्जीत भयो। प्रहरी संगठन र प्रहरी अधिकारीमाथि मेरो सोल्युट छ। सम्मान छ। म उहाँहरूलाई सम्मान गर्न चाहन्छु’, उनले भने, ‘तर, जोकोहीले एउटा चन्द्रसूर्य अंकित झण्डामुनि बसेर एउटा पार्टीको आवरण बोकेर कसैले कसैलाई हारको मानसिकताबाट कसैले कसैलाई पूर्वाग्रहाही ढंगबाट सिध्याउन खोजिन्छ भने त्यसको विकल्पमा केही क्रान्तिहरू उब्जिन्छ। त्यसैले यसलाई अतिरञ्जित नबनाऔं ।’
प्रहरीले आफूमाथि गरेको दुर्व्यवहारको जवाफ मात्र दिएको उनले दाबी गरे । ‘त्यहाँ मैले छोराछोरी र घरपरिवारको कुरा उठाएँ। तर, त्योभन्दा २४ घण्टाअगाडि राति ११ बजे राजन लिम्बूको निर्देशनमा इन्स्पेक्टर मेरो घरमा आउँदै गर्दाखेरि मेरो ५ वर्षको छोरी घरमा हुन्छ कि हुँदैन ? मेरो १४ वर्षको छोरा घरमा हुन्छ कि हुँदैन ? मेरो श्रीमती घरमा हुन्छ कि हुँदैन ?’, उनले भने, ‘त्यही कुरालाई मैले फूलको जवाफ फूलले होइन। इँटाको जवाफ पत्थरले दिन खोजेको हो।

गत भदौ २१ गते राति प्रहरीले घरैमा आएर आफूमाथि दुर्व्यवहार गरेको भन्दै कांग्रेसले २२ गते विरोध प्रदर्शन गरेको थियो।
स्रोत: nepalmala.com

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय