ताप्लेजुङ चैत्र ५ गते । ताप्लेजुङको पाथिभरा बहुमुखि क्याम्पसमा भइरहेको स्ववियु निर्वाचन केहिवेर अवरुद्ध भएको छ । विहान ९ :३० बजेवाट असहमतिका वावजुत सुरु भएको मतदान प्ररकृया केहिवेर भएको अवरोध पस्चात पुन सुचारु भएको हो ।
आन्दोलन रत असन्तुस्ट पक्ष नेकपा एमाले निकट अनेरास्ववियु र जनता समाजवादि विद्यार्थी युनियनका केहि विद्ययार्थिहरुले मत पेटीका फ्याक्ने प्रयास गरेपछी केहिवेर स्थिती तनावग्ररस्त वनेको थियो ।निर्वाचनका लागी नियुक्त हुनुभएका मतदान अधिकृतलाइ लाइ बिचैमा परिर्वतन गरि नया मतदान अधिकृत नियुक्त गरिएको र मतदाता नामावलिमा विद्ययार्थीहरुको पुर्ण विवरण नभएको भन्दै २ संगठनले क्याम्पस प्ररसाशन र स्ववियु निर्वाचन समितिको कार्यालयमा तालावन्दि गरेका थिए ।
तर क्याम्पस प्ररशासन र निर्वाचन समितिले पटकपटक वार्ता गर्दा समेत सहमति जुट्न नसकेपछी हिजो विहान वसेको क्याम्पस सञ्चालक समिति र प्रशासनको संयुक्त बैठकले निर्धारित कार्यतालिका अनुसार नै निर्वाचन गर्ने निर्णय गराएको थियो ।
सोहि अनुसार आज बिहान निर्धारित समय भन्दा केहि अवेर गरि आन्दोलनरत पक्षका प्रतिनिधीहरुको उपस्थिती बिना मतदान प्ररकृया अघिवडाएपछि असन्तुस्ट पक्षले चुनाव विथोल्ने प्रयास गरेको हो । उता मत पेटीका फ्याक्न य्ररयाश गर्ने २ जनालाइ प्ररहरिले नियन्त्रण्मा लिइ क्याम्पसहाता भित्र कक्षा कोठामा राखेको जनाइएको भने क्याम्पस परिसरमा अान्दोलनरत पक्षले नारावाजि समेत गरिरहेको जनाइएको छ ।







