१५ फाल्गुन, ताप्लेजुङ ।मगर समुदायले विभिन्न कार्यक्रम गरी ४१ औँ मगर दिवस मनाएका छन् ।
२०३९ साल फागुन १५ गते स्व. हेमबहादुर पुनको अध्यक्षतामा तनहुँमा नेपाल लाङ्घाली परिवार सङ्घको अधिवेशनलाई आधार मानी मगर समुदायले हरेक वर्ष फागुन १५ गते मगर सङ्घ र सम्बन्धित सङ्घसंस्थाले एकता दिवसका रूपमा मनाउँदै आएका छन् ।
यसै अवसरमा आज (सोमबार) ताप्लेजुङमा रहेका मगर समुदायले ४१ औँ मगर दिवस मनाएको जिल्ला अध्यक्ष गणेश बहादुर मगरले जानकारी दिए । ताप्लेजुङमा आयोजित ४१औँ मगर दिवसको अवसरमा मगर संस्कृति अनुसार आफ्नै भेषभुषामा सजिएर दीप प्रज्वलन गरि मनाइएको छ । तस्बिरहरु:










