
३ माघ, ताप्लेजुङ । फुङ्लिङ नगरपालिका वडा नम्वर ८ मा मङगलबार न्यानो सिरक वितरण गरिएको छ । जाडोको समयमा न्यानो प्रदान गर्ने उद्देश्यका साथमा वडा नम्वर ८ का १५० घरपरिवारलाई सिरक वितरण गरिएको वाड अध्यक्ष क्षितिज सुनुवारले जानकारी दिए ।
फुनपा-८ को हिटिबाट मेवाराजा,ल्याङ्वा,साप्तेल, भेदाबारी,बहानन्दे,चारपाटे,घ्याङ,नाम्लेपाटी,रमिते,काभ्रे,बेजम्बु सम्म सक्नेलाई टोल टोलमा र नसक्ने लाई घर घरमा गएर १५० घरदुरी लाई बितरण गरिसकेको छ। कोहि कहि छुटेको खण्डमा भोलि पनि बितरण गर्ने बताइएको छ।
आगामी दिनहरुमा थप रचनात्मक काम गर्दै अघि बढ्ने अध्यक्ष सुनुवाइले बताए।