
अब कहिल्यै दुर्घटना नहोस्
माघ २ गते । नेपाली काग्रेस पार्टीले पोखरामा आइतबार भएको हवाई दुर्घटनाका मृतकप्रति सोमबार श्रद्धाञ्जलीअर्पण गर्दै भावी दिनमा कहिल्यै दुर्घटना नहोस भनि कामना गरेको छ ।
सदरमुकामस्थित विरेन्द्रचोकमा मृतकप्रति श्रद्धाञ्जलीअर्पणगर्दै परिवारजनमा धैर्य धारण गर्न सक्ने शक्ति प्राप्तहोस भनि कामना गरेको हो ।
यति एयरलाइन्सको जहाजमा मृत्यू भएका ७२ जनाकै नाममा मैनबत्ति (दीप) बालेर सम्झिएका छन् । काग्रेस सभापति गजेन्द्र प्रसाद तुम्याहाङले नेपाली आकाश सुरक्षित गर्न सरकार र सम्बन्धित निकायको गंम्भिर ध्यानआकर्षण हुनुपर्नेमा जोड दिए ।
सभापति तुम्याहाङले भने,‘नेपाली आकाश सुरक्षित बनोस् । ताकी अब कहिल्यै दुर्घटना हुन नहोस् ।’ कार्यक्रममा जिल्लास्थित नेता,नेपाल विद्यार्थी सँघ लगायत सर्वसाधारणको उपस्थिति थियो ।