आजको पञ्चाङ्ग
वि. सं. : २०७९ असोज १८ गते मङ्गलबार

इ.सं. : 4th October 2022 (Tuesday)

सूर्योदय: विहान 05:58 बजे

सूर्यास्त: बेलुका 17:45 बजे

तिथि : नवमी 13:34 सम्म, तत्पश्चात् दशमी

पक्ष : आश्विन शुक्लपक्ष

नक्षत्र : उत्तराषाढा 23:08 सम्म, तत्पश्चात् श्रवण

योग : अतिगण्ड 11:37 सम्म, तत्पश्चात् सुकर्मा

करण : कौलव 14:37 सम्म, तत्पश्चात् तैतिल

चन्द्रराशि: धनु 05:23 सम्म, तत्पश्चात् मकर

ऋतु : शरद्

अयन : दक्षिणायन

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। रमाइलो यात्राको योग रहेको छ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आज व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ। प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ। ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

रोकिएका र अधुरा काम पुनः सुरु हुन सक्छन्। जागिर र कर्म प्रति चिन्तन बढ्नेछ। कुनै न कुनै कुराले मनमा शान्ति छाउनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज पारिवारिक कार्य बोध हुने र नयाँ रचना र ज्ञानमा प्रगति हुनेछ। आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ। चिताएको कामले तीव्रता पनि लिनसक्छ। शुभकार्यको चर्चा चल्नेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

फजुल खर्चले चिन्ता बढाउनेछ। मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ। मित्रहरूले दिएको वचन फेरिन सक्छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

विशेष सामाजिक कृत्यमा सहभागीको अवसर मिल्नेछ। नयाँ भौतिक साधनको योजना बन्ला। पारिवारिक रमाइलो समेत हुन्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुन सक्छ। मङ्गल कार्यको योजना बन्नेछ। खानपिनको परिकारले मन लोभ्याउनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

रचनात्मक कार्यमा मन जानेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

सानातिना समस्यामा अल्झिनुपर्ने देखिन्छ। दबाब र तनाव बढेको महसुस हुनेछ। स्वास्थ्य प्रति सजग रहन जरूरी छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आज नयाँ योजना र अवसर आउनाले मन प्रसन्न रहनेछ। व्यवसायको सन्दर्भमा नयाँ योजना बन्नेछ। सन्तानबाट सुख पनि मिल्ला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन्। धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!