भक्तपुर । दरबन्दी मिलान गर्ने रणनीतिका साथ सूर्यविनायक नगरपालिकाले स्थायी शिक्षकलाई गोल्डेन ह्याण्डचेक प्रदान गर्ने भएको छ । यो कार्यक्रम अनिवार्य अवकाश हुन् एक वर्षदेखि चार वर्ष समय बाँकी रहेका शिक्षकमा लागू हुने नगरपालिकाले जानकारी दिएको छ ।

तोकिएको दरबन्दीभन्दा बढि पुल दरबन्दीमा रहेका दरबन्दीलाई गर्न नगरपालिका क्षेत्र भित्रका सामुदायिक विद्यालयका स्थायी शिक्षकलाई गोल्डेन ह्याण्डचेक प्रदान तयारी रहेको छ । नगर कार्यपालिकाको बैठकको निर्णयअनुसार अनिवार्य अवकाश हुन एक वर्ष बाँकी रहेका शिक्षकका लागि उक्त अवसर लिँदा एक लाख ५० हजार रुपैयाँ दिने निर्णय भएको छ ।

त्यस्तै एक वर्षभन्दा बढि दुई वर्ष सेवा अवधि बाँकी रहेका शिक्षकका लागि दुई लाख, दुई भन्दा बढि तीन वर्ष सेवा अवधि बाँकी रहेका शिक्षकका लागि दुई लाख पचास हजार दिइने छ । तीन वर्षभन्दा बढि र चार वर्षसम्म सेवा अवधि बाँकी रहेका शिक्षकका लागि तीन लाख रुपियाँ र चार वर्ष भन्दा बढि सेवा अवधि बाँकी रहेका शिक्षकका लागि तीन लाख ५० हजार रुपियाँ गोल्डेन ह्याण्डचेक स्वरुप प्रदान गर्ने निर्णय गरिएको सूर्यविनायक नगरपालिका शिक्षा शाखाले जनाएको छ ।

नगरपालिकाले सामुदायिक विद्यालयमा लामो समयसम्म सेवा गरेका शिक्षकलाई सेवा अवकाश लिने अवसर उपयोग गर्दा उच्च सम्मान स्वरुप गोल्डेन ह्याण्ड चेक दिने भएको हो । नगरपालिका प्रमुख एवं नगर शिक्षा समितिका संयोजक बासुदेव थापाले नेपाल सरकारले दरबन्दी मिलान गर्दा यस नगरपालिकामा कार्यरत प्रावि तहका ९३ जना दरबन्दी नगरपालिका भन्दा बाहिर पठाउनुपर्ने निर्णय भएकाले बताए ।

नगरपालिकाले लामो समयदेखि खाली शिक्षक दरबन्दी पदपूर्ति नगरिएकाले ९३ जना मध्ये हाल ४३ जना शिक्षक मिलान गर्नुपर्ने बाध्यता नगरपालिकासँग आइपरेकाले उनको भनाई छ । यस नगरपालिका भित्र लामो समयदेखि शिक्षा क्षेत्रमा सेवा पु-याउनु भएका शिक्षकहरुको उच्च सम्मान स्वरुप नगरपालिकाको आन्तरिक स्रोतबाट व्यहोर्ने गरी गोल्डेन ह्याण्डचेकको व्यवस्था गरिएको जानकारी दिए ।

थापाले नेपाल सरकारले दरबन्दी मिलान गर्दा यस नगरपालिकामा कार्यरत प्रावि तहका ९३ जना दरबन्दी नगरपालिका भन्दा बाहिर पठाउनुपर्ने निर्णय भएकाले बताए । नगरपालिका भित्र लामो समयदेखि शिक्षा क्षेत्रमा सेवा पु-याउनु भएका शिक्षकहरुको उच्च सम्मान स्वरुप नगरपालिकाको आन्तरिक स्रोतबाट व्यहोर्ने गरी गोल्डेन ह्याण्डचेकको व्यवस्था गरिएको नगरप्रमुख थापाको भनाई छ । गोल्डेन ह्याण्ड चेकका लागि नगरपालिकाले पन्ध्रदिने म्याद राखी सूचना सार्वजनिक गरेको हो । Ratopati

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!