एजेन्सी
भिख माग्दा पनि सजाय हुन्छ भनेर सुन्दा तपाईं छक्क पर्ननुहुन्छ होला । तर, संसारमा यस्ता पनि थुप्रै देश छन्, जहाँ भिख माग्नु पनि अपराध मानिन्छ ।
ती देशमा भिख माग्दा दिइने सजाय फरक–फरकखाले छ ।
विश्वका केही देशमा भिख माग्ने सम्बन्धमा चर्चित कानुन यस्ता छन् ः
१) हाम्रो छिमेकी देश चीनमा भिख माग्ने तथा माग्न लगाउने मानिसलाई १० देखि १५ दिनसम्म जेलमा राखिन्छ ।
२) अस्ट्रेलियाको कानुनअनुसार त्यहाँ भिख माग्नेसम्बन्धमा फरक कानुन छ । दक्षिण अस्ट्रेलियामा भिख माग्नेलाई २ सय ५० अमेरिकी डलर बराबरको रकम जरिमानाका रूपमा तिराइन्छ ।
३) बेलायतमा सन् १८२४ मै भिख माग्न नपाइने कानुन लागू भएको थियो । उक्त देशमा सार्वजनिक स्थानमा जथाभावी बस्ने, सुत्ने तथा भिख माग्नेलाई गैरकानुनी मानिन्छ । जेल र जरिमाना दुवै सजाय हुने व्यवस्था छ ।
४) डेनमार्कमा भिख माग्नु स्थानीय दण्डसंहिताबिपरीत मान्छि । दण्डसंहिताको धारा १९७ का अनुसार भिख मागे ६ महिनासम्मको जेल सजाय हुनेछ ।
५) फ्रान्समा सन् १९९४ मा लागू भएको नयाँ कानुनले भिख माग्ने कार्यलाई गैरकानुनी कामको सूचीबाट हटाएको थियो । यद्यपि, त्यहाँ साना–बालबालिकालाई भिख माग्न लगाए वा प्रयोग गरिए कानुनी सजाय हुनेछ ।
६) फिनल्यान्डमा सन् २००३ को सार्वजनिक शान्ति सु–व्यवस्था ऐनले भिख माग्न दिँदैन । त्यसो गरेको पाइए राज्यले जेल सजाय दिने व्यवस्था रहेको छ ।







