एजेन्सी

माया पाउन मानिसले ठूला त्याग र तपस्या गरेका हुन्छन् । कतिले मायाका लागि ज्यानै फाल्छन् । तर, कसैले पैसामा माया–प्रेम किन्न सक्ला ? अहँ, सक्दैन ।

तर, चीनको गुआंगडोंग सहरमा भने केवल १६ रुपैयाँ बराबरको रकममै गर्लफ्रेन्ड पाउन सकिन्छ । पत्याउनुभएन ? यसको कथा पनि भनिहालौं ।

खबरअनुसार गुआंगडोंगको हेयुआन सहरमा रहेको दि भाइटेलिटी सिटी सेन्टर नामक एक सपिङ कम्प्लेक्सले यस्तो अफर ल्याएको छ । उसले निकै सुन्दर मोडेलहरू बिक्रीमा राखेको हुन्छ ।

उक्त कम्पलेक्समा गएर आफूलाई मन परेको युवतीलाई १ चिनियाँ युआन अर्थात् १६ रुपैयाँ बराबरमा २० मिनेटसम्म आफ्नो गर्लफ्रेन्ड बनाएर लैजान सकिन्छ । तर, यदि पुरुषले ती युवतीसँग २० मिनेटभन्दा बढी समय बिताए सोहीअनुसार रकम बढ्ने छ ।

तर, यसमा पनि केही नियम रहेका छन् । आफूले किनेकी त्यस्ती गर्लफ्रेन्डलाई सपिङ मलभन्दा बाहिर लगेर घुमाउन भने पाइँदैन । युवतीको अनुमतिबिना उनलाई छुन पनि पाइँदैन ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!