जिल्लामा कोभिड-१९ संक्रमितको संख्या बढ्दै छ ।। शेयर गरेको फोन नं सधै न उठ्न सक्छ ।।
यी कुराहरुमा ख्याल गर्दा बेश हुन्छ ।।
१) घाँटी खसखस गर्नु, सामान्य ज्वरो आउने, टाउको, घाँटी र जीउँको दुखाई हुदाँ, हल्का खोकी लाग्दैमा आत्तिनु पर्दैन ।। यो सामान्य किसिमको संक्रमणको लक्षण हो ।। शरीरमा दुखाइ भएमा सिटामोल गोली १ चक्की (५०० मि ग्रा) दिनको ३ पटकसम्म खाने, सारै दुखाइ वा ज्वरो भएमा २ चक्की एकैपटक दिनको ४ चोटिसम्म खानसकिन्छ ।।
२) झोलिलो खानेकुरा पर्याप्त मात्रामा खाने, पानी प्रशस्त मात्रामा पिउने र दिनको २ पटक उमालेको पानीको बाफ लिने ।।
३) घाँटी खसखाएमा fexofenadine 180mg tablet ३ दिन बेलुका बेलुका खाने जस्ले खोकिलाइ पनि काम गर्छ ।। खोकिमा खकार छ भने झोल खोकिको औषधी पनि खान सकिन्छ ।।
४) कसै कसैलाई मन आत्तिने, निन्द्रा नलाग्ने, खाना नरुच्ने, टाउको भारी हुने, जिउँ बटारिको जस्तो हुने, वाकवाकी लाग्न जस्ता तनावका लक्षण समेत देखिन सक्छ ।। तेसो भएमा मन भुल्ने काम जस्तै मोबाइल वा ल्यापटपमा गेम खेल्ने, अरुसँग च्याट वा कुराकानी गर्ने, मन लागेको घरभित्रै गर्न सकिने काम गर्ने, जसरी भए पनि दिमागलाई व्यस्त राख्ने काम गर्नुपर्दछ र बिहान बिहान हलुका किसिमका व्यायाम समेत गर्ने ।। कसै कसैलाई तनावले गर्दा श्वास फेर्न गार्हो हुने हुनसक्छ, त्यसोभएमा झ्याल खोली कोठामा बाहिरी हावा भित्रन दिने, बिस्तारै लामोलामो श्वास लिने ।। कतिपयलाइ अक्सिजन कमी भएको खण्डमा घोप्टी परेर पेटलाइ सिरानीले सपोर्ट गरि बस्दा पनि सजिलो हुनेगर्छ ।।
५) फेसबुक तिर देखिएका वा प्रचार गरिएका औषधीहरु प्रयोग गर्नु हुँदैन, कति औषधीहरुको साइड एफेक्ट घातक हुन्छ ।। अझ सुगर, हाइ ब्लड प्रेसर, मुटु रोग भएकाहरुले त चिकित्सकको परामर्श विना औषधी सेवन नगरेकै बेश ।
६) उच्च ज्वरो, स्वास फेर्न गार्हो भै स्वाँ स्वाँ हुनु, रिङ्गटा लाग्नु, जिउँ लल्याकलुलुक हुनु खतराको घन्टी हुनसक्छ ।। ज्वरो नाप्ने , संभव भए अक्सिमिटर ले शरीरमा अक्सिजनको मात्रा हेर्ने जुन सामान्यतया ९५ भन्दा माथि हुनपर्छ ।। कुनै खतराको चिन्ह वा अक्सिजनको मात्रा कम देखिएमा तुरुन्त चिकित्सकको सल्लाह लिने वा अस्पताल जाने।।
७) पखाला वा वान्ता भएमा प्रशस्त मात्रामा जिवन जल पानी बनाएर पिउनुपर्छ ।। zinc tablet 20 mg दिनमा २ पटक खाने, वान्ताको लागि ondansetron tablet 4mg एउटा खान सकिन्छ ।।
८) अझै पनि भन्छु फेसबुकमा देखेको आधारमा वा आफन्त वा चिनजानकाले भनेको आधारमा स्वास्थ्यकर्मी/ चिकित्सकको सल्लाहविना औषधी प्रयोग नगर्ने ।। माथि लेखिएका औषधी १० वर्षमुनिका बालबालिकामा प्रयोग गर्नुअघि चिकित्सकसँग सल्लाह लिनुपर्दछ ।।
थप संपर्क नं ९८४०९०४४३६







