२९ वैशाख, ताप्लेजुङ । ताप्लेजुङमा थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । फुङलिङ नगरपालिकाबाट पठाईएको १ सय ३५ जना मध्ये १ सय जनाको स्वाब परिक्षण हुँदा ६३ जनामा संक्रमण पुष्टि भएको हो ।
यो संगै ताप्लेजुङमा संक्रमितको संख्या १ सय २२ पुगेको छ । पुराना १ जना संक्रमित भने निको भएकाछन् । स्वाब परिक्षणका लागि पठाईएको अन्य २ जना पुराना संक्रमितको रिपोर्ट पुन पोजेटिभ नै आएको जिल्ला अस्पताल ताप्लेजुङले जनाएको छ ।
अब फुङलिङ नगरपालिकाका ३५ र पाथीभरा याङ्वरक गाउँपालिका २० जना गरि ५५ जनाको रिपोर्ट आउन बाँकि रहेको छ ।







