ताप्लेजुङ । ताप्लेजुङमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आठराई त्रिवेणी गाउँपालिका र मेरिङ्देन गाउँपालिकाका १७ जनामा संक्रमण पुष्टि भएको हो ।

आठराई त्रिवेणीबाट ४८ जनाको स्वाब परिक्षणका लागि पठाईएकोमा ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै मेरिङ्देन गाउँपालिकाका ५५ जनाको स्वाब परिक्षण हुँदा १२ जनामा संक्रमण देखिएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार फुङलिङ नगरपालिकाबाट पठाईएको १ सय ३५ र पाथीभरा याङ्वरक गाउँपालिकाबाट पठाईएको २० जनाको परिक्षण रिपोर्ट आउन बाँकि रहेको छ ।

यता पछिल्लो २४ घण्टामा ताप्लेजुङमा थप ८ जनामा एन्टिजेन पोजेटिभ देखिएको छ ।१२ जनाको स्वाब संकलन गरि एन्टिजेन परिक्षण गरिएकोमा ८ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला अस्पताल ताप्लेजुङले जनाएको छ ।

यो संगै ताप्लेजुङमा सक्रिय संक्रमितको संख्या १ सय ६० पुगेको छ । अस्पतालका अनुसार हाल आईसोलेशनमा ५ जना उपचाररत रहेकाछन् । यस्तै ३ जना नयाँ संक्रमित आईसोलेशनमा थपिएकाछन् । २ जना भने डिस्चार्ज भएको जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!