काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने घोषणा गरेको छ । बरु जनमोर्चाले प्रधानमन्त्रीले राजीनामा दिनुपर्नेमा जोड दिएको छ । ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद दुर्गा पौडेलले आफूले ओलीको विपक्षमा मतदान गर्ने बताइन् ।

जनमोर्चाको प्रतिनिधिसभामा पौडेलको मात्रै प्रतिनिधित्व छ । सम्बोधनका क्रममा उनले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न सक्ने र आजकै संसद बैठक अन्तिम भएको भन्ने कुरा समेत आएकाले सभामुखमार्फत प्रधानमन्त्रीको जवाफ माग गरिन् ।

यसअघि काँग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्षले ओलीलाई मत नदिने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!