सामुहिक राजीनामा दिने तयारी गरिरहेका माधव–झलनाथ पक्षका सांसदहरु सिंहदरबारस्थित संसद सचिवालयमा आउने क्रम शुरु भएको छ । प्रधानमन्त्री ओलीलाई दिएको बिहान ९ बजेसम्मको अल्टिमेटम पूरा नभएको भन्दै उनीहरु संसद सचिवालयमा राजीनामा बुझाउने तयारीमा जुटेका छन् ।
संसद सचिवालयमा भेटिएका नेता भीम रावललाई तपाईहरुले राजीनामा बुझाउन लाग्नुभएको हो ? भनेर सोध्दा उनले अब केही बेरमा थाहा पाइहाल्नुहुन्छ नि भन्ने प्रतिक्रिया दिए ।
संसद सचिवालयमा भेला भएका माधव नेपाल पक्षका सांसदहरु अहिले आपसी छलफलमा जुटेका छन् । अबको केहीबेरमा राजीनामा बुझाउने उनीहरुको तयारी छ ।







