काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदहरू राजीनामा दिन संसद् भवन नयाँ बानेश्वर जान लागेका छन् । नेता नेपालले सहमति का लागि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसामु प्रस्तुत गरेका सर्तहरूको सम्बोधन हुने सन्देश नआएपछि सांसदहरू राजीनामा दिन संसद् भवनतिर लागेका हुन्।
हाल नेपाल पक्षमा ३३ जना सांसद रहेका छन् । जसमध्ये प्रत्यक्षतर्फ २३ र समानुपातिकका १० जना सांसद रहेका छन् । तर कति सांसदले राजीनामा दिने भन्ने संख्या भने अहिले बाहिर आएको छैन ।
नेता नेपालले आइतबार राति अध्यक्ष ओलीलाई सोमबार बिहान ९ बजेसम्मका लागि अल्टिमेटम दिँदै ६ बुँदे सर्त राखेका थिए ।यी सर्तहरू पुरा गर्न सोमबार बिहान नौ बजेसम्मको अल्लटिमेटम दिइएको छ।
नेपालले आफ्नो पत्रमा सर्वोच्चको फागुन २३ को फैसालाअनुसार एकीकरणअघि अर्थात २०७५ जेठ २ को अवस्थामा फर्किनुपर्ने सर्त राखेका छन्। पार्टीलाई एकीकरण अघिको संरचना र अवस्थामा क्रियाशील बनाएपछि मात्र विश्वासको मत दिन तयार हुने सन्देश उनले दिएका छन्। अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको वक्तवय लगत्तै नेपालले यस्तो पत्र पठाएका हुन्।
ओलीले विश्वासको मत लिन सोमबार संसद्को अधिवेशन बोलाएका छन्। सर्त पुरा नभए अधिवेशनअघि नै राजीनामा दिने तयार भएर बसेका छन् माधव पक्षीय सांसदहरू। उनीहरूले राजीनामा दिए ओली विश्वास मत लिन असफल हुनेछन् र वैकल्पिक सरकार बनाउन बाटो खुल्ला हुनेछ।
सर्वोच्च फैसलापछि ओलीले बालुवाटार मा बैठक डाकेर एकपक्षीय रुपमा गरेका सबै निर्णय हरू खा रेज हुनुपर्ने, गतिविधि अमान्य हुनुपर्ने सर्त राखेका छन् । ओली ले केन्द्रीय कमिटि विघटन गरेर नेपाललगायतका नेताहरूलाई जिम्मेबारीबाट हटाउँदै कारबाही गरेका थिए।
माधव नेपाललगायतका ३० जना सांसदहरूलाई स्पष्टीकरण सोधेर कारबाहीको तयारीसमेत गरेका छन्। यी सबै निर्णय र कदम खारेज हुनुपर्ने सर्त माधवले राखेका छन्। annapurnapost







