विवाहपछि किन महिला मोटाउने गर्दछन् त खासमा विवाहपछि महिलामा घरगृहस्थीको कामकाजले दैनिक जीवन बदलिने गर्छ । उनीहरु प्रेम वा विवाहको तनावबाट मुक्त हुन्छन्न् ।
अब राम्री देखिनुभन्दा पनि स्वास्थ्य रहनुपर्छ भन्ने मानसिकता विकास हुन्छ । विवाह अघि डाइटिङ गर्नेहरु विवाहपछि शरीरको चासो लिदैनन् । जसका कारणले महिलाहरु विवाहपछि मोटाउँने गर्दछन् ।
कतिपय महिलाले विवाह अघिसम्म मात्र सुन्दर हुनुपर्छ भन्ने सोचाई हुने गर्दछ । तर श्रीमती मोटाएको कारणले श्रीमानको आर्कषण घट्ने गर्दछ । यसले उनीहरुमा नैराश्यता समेत उत्पन्न गराउँछ ।
यस्ता छन् विवाहपछि मोटोपना घटाउने १५ उपाय
मोटोपन घटाउन नियमित टाइमटेबल तथा सेड्युल तयार पारेर समय दिनु पर्दछ ।
सकेसम्म चिल्लो, तारेको, भुटेको, मसलेदार खानेकुरा खान त्याग्नुहोस् ।
नियमित झन् मोटाउदै जानु भएको छ भने उसिनेको खानेकुरा मात्र सेवन गर्नुहोस् ।
बाहिर होटल तथा रेष्टुरेन्टको खानेकुरा, फास्टफूड, जंकफूड नखानुहोस् ।
एकै पटक धेरै खाने नगर्नुहोस् बरु थोरै थोरै तर धेरै पटक खानुहोस् ।
विहान विहान पैदल हिँड्न प्रयास गर्नुहोस् साथै हल्का कसरत पनि गर्नुहोस् ।
ओखर, दहि सेवन गरेमा पनि केहि हदसम्म मोटोपना कम हुन जान्छ ।
खानामा सकेसम्म बढि मात्रामा तरकारी र खाजामा फल खाने बानि बसाउनुहोस् ।
विवाहपछि महिलाहरु व्रत बस्ने गर्दछन्, धेरै व्रत बसेमा समेत मोटाउने गरीन्छ ।
दैनिक गर्ने कार्य र खानाको समेत तय गरी सुचि बनाउने ।
विहान आधाघण्टा जगिङ्ग जाने वा वर्कआउट गर्ने ।
आफ्नो वजन घटाउन पार्टनरबाट उत्प्रेरणा माग्ने ।
नियमित रुपमा पहिलेका पहिरन लगाई आफुमा आएको परिवर्तन हेर्ने ।
व्लड प्रेशर, सुगर लगायतका स्वास्थ्य समस्या नियमित परीक्षण गर्ने ।
मोटोपना घटाउन खाना कम गर्ने र ब्यायाम ज्यादा गर्नुहोस् ।







