खानेकुरा खानेमात्र भनेर हुँदैन । कुन चिज कहिले खाने के सँग खाने के सँग नखाने यस्ता कुराहरु पनि बुझ्नु जरुरी छ । अन्यथा हामिले खानाबाट अमृत पाउनुको साटो बिष पाइरहेका हुन्छौ ।

खानाको सोखिन मान्छेहरुलाई कुन खानेकुरासँग कुन खानेकुरा मिसाएर वा सँगै खानुहुँदैन भन्ने जानकारी हुँदैन । यसले गर्दा कहिलेकाँही कुनै दुई खानेकुरा सँगै खाँदा मानिस गम्भीर बिरामी पनि हुनसक्छन् ।

किनकी हरेक खाद्यान्नको कम्बिनेशन राम्रो नहुनसक्छ । यहाँ केही त्यस्ता खानेकुराको बारेमा उल्लेख गरिनेछ, जसलाई सँगसँगै खानुहुँदैन ।

भूलेर पनि नखानुस् यी ४ चिज सँगसँगै

१. चिकेनसँगै जुस वा मिठाई खानु हुँदैन, किनकी यसले पेटसम्बन्धी बिरामी निम्त्याउन सक्छ ।

२. फलफूलसँगै कहिले पनि स्टार्चयुक्त खानेकुरा खानुहुँदैन किनकी फलफूल छिट्टै पचाउन सकिन्छ, तर स्टार्चयुक्त खानेकुरा जस्तै भात वा आलुलाई पचाउन समय लाग्दछ । यसकारण यी दुवैलाई सँगै खानुहुँदैन ।

३. दूधसँगै कहिले पनि कागती वा अमिलो सुन्तला खानुहुँदैन । यदि सँगै खाइयो भने यसले एसिडिटी (ग्यास्ट्रिक) बढाउन सक्छ ।

४. चिसो पेयपदार्थ पिउनासाथ पुदीना सेवन गर्नु हुँदैन ।

भूलेर पनि सँगसँगै नखानुस् यी खानेकुरा

१. दुधको साथमा घ्यु अन्डा, रुखकटहर, कोदाको ढिंडो र फापरको ढिडो खानु हुदैन ।

२. माछा र सक्खर सँगै खान हुदैन यसले पित्त विगार्छ् ।

३. परेवाको मासु, दुध र मह लामो समय सँगै सेवन गरेमा गलगाँड हुनसक्छ् ।

४. दुधको साथमा बटर, काँचो केरा, आँप, जामुन तित्री, ओखर, दारिम नरिवल खानु हुदैन । यसरी खाएमा दम हुने सम्भावना हुन्छ ।

५. भटमास र दुध एकैसाथ खाएमा पत्थरी हुनसक्छ ।

६. गुर्जो र तुलसी एकैसाथ खाएमा अम्लपित्त हुनसक्छ ।

७. भिण्डीको साथ दही मोहि,घ्यु,दुध खानु हुदैन खाएमा अम्लपित्त बढ्छ ।

८. करेलामा साग वा भिण्डी एकसाथ पकाएर खान हुदैन । खाएमा अम्लपित्त बढ्छ ।

९. हाँस वा बकुल्लाको मासु खाएको बेला गेडागुडी र कालो दाल खानु हुदैन । यसरी खाएमा क्यान्सर समेत हुन सक्छ ।

१०. बाँसको तामा,बडरको फल,मह र दुध सँगै खान हुदैन यसले वीर्य नास हुन्छ् । – एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!