गृहमन्त्री रामबहादुर थापाको स्थानमा रिक्त रहेको राष्ट्रियसभा सदस्य पदका लागि निर्वाचन आयोगले उपनिर्वाचनको कार्यक्रम स्वीकृत गरेको छ । आगामी जेठ ६ गतेका लागि रिक्त स्थानमा निर्वाचन गर्ने तालिका तय भएको छ । अन्य समुहतर्फ वागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन कार्यक्रम स्वीकृत भएको निर्वाचन आयोगले जनाएको हो ।
स्वीकृत कार्यक्रम बमोजिम यस्तो छ निर्वाचन कार्यक्रमः
वैशाख २१ गते मतदाता नामावली प्रकाशन तथा दावी विरोधको उजूरी दिने
वैशाख २२ र २३ गते निवेदन तथा उजुरी उपर छानविन र कारबाही गर्ने
वैशाख २३ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने
वैशाख २४ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने तथा मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने
वैशाख २५ गते उम्मेदवारको विरोधमा उजुरी दिने
वैशाख २६ र २७ गते मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने
वैशाख २७ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने
वैशाख २८ गते उम्मेदवारले नाम फिर्ता लिने
वैशाख २९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने







