हिंदूहरुले जान्नै पर्ने अाफ्नाे गाैरवपूर्ण धर्म र संस्कृति:
क) पाण्डव पाँच भाई थिए:
1. युधिष्ठिर 2. भीम 3. अर्जुन
4. नकुल। 5. सहदेव
(यी पाँच भाईका अतिरिक्त महाबली कर्ण पनि कुन्तीका पुत्र थिए, तर उनलाई पांडवमा गणना गरिदैन । युधिष्ठिर, भीम र अर्जुनकी माता कुन्ती थिईन् भनें नकुल र सहदेवकी माता माद्री थिइन्) ।
ख) धृतराष्ट्र र गांधारीका तपसिलका एकसय पुत्रहरु (कौरव) थिए:
1. दुर्योधन 2. दुःशासन 3. दुःसह
4. दुःशल 5. जलसंघ 6. सम
7. सह 8. विंद 9. अनुविंद
10. दुर्धर्ष 11. सुबाहु। 12. दुषप्रधर्षण 13. दुर्मर्षण। 14. दुर्मुख 15. दुष्कर्ण 16. विकर्ण 17. शल 18. सत्वान 19. सुलोचन 20. चित्र 21. उपचित्र 22. चित्राक्ष 23. चारुचित्र 24. शरासन 25. दुर्मद। 26. दुर्विगाह 27. विवित्सु 28. विकटानन्द 29. ऊर्णनाभ 30. सुनाभ 31. नन्द 32. उपनन्द 33. चित्रबाण 34. चित्रवर्मा 35. सुवर्मा 36. दुर्विमोचन 37. अयोबाहु 38. महाबाहु 39. चित्रांग 40. चित्रकुण्डल 41. भीमवेग 42. भीमबल 43. बालाकि 44. बलवर्धन 45. उग्रायुध 46. सुषेण 47. कुण्डधर 48. महोदर 49. चित्रायुध 50. निषंगी 51. पाशी 52. वृन्दारक 53. दृढ़वर्मा 54. दृढ़क्षत्र 55. सोमकीर्ति 56. अनूदर 57. दढ़संघ 58. जरासंघ 59. सत्यसंघ 60. सद्सुवाक 61. उग्रश्रवा 62. उग्रसेन 63. सेनानी 64. दुष्पराजय 65. अपराजित 66. कुण्डशायी 67. विशालाक्ष 68. दुराधर 69. दृढ़हस्त 70. सुहस्त 71. वातवेग 72. सुवर्च 73. आदित्यकेतु 74. बह्वाशी 75. नागदत्त 76. उग्रशायी 77. कवचि 78. क्रथन। 79. कुण्ड 80. भीमविक्र 81. धनुर्धर 82. वीरबाहु 83. अलोलुप 84. अभय 85. दृढ़कर्मा 86. दृढ़रथाश्रय 87. अनाधृष्य
88. कुण्डभेदी। 89. विरवि
90. चित्रकुण्डल 91. प्रधम
92. अमाप्रमाथि 93. दीर्घरोमा
94. सुवीर्यवान 95. दीर्घबाहु
96. सुजात। 97. कनकध्वज
98. कुण्डाशी 99. विरज र
100. युयुत्सु ।
(साथै, कौरबकी “दुशाला” नामकी एक बहिनी पनि थिईन्, उनकाे विवाह राजा जयद्रथसँग भएकाे थियाे) ।
ग) श्री मद्-भगवत गीताकाे बारेमा:
अ) कसले कसलाई सुनाएकाे?
भगवान् श्रीकृष्णले अर्जुनलाई ।
अा) कहिले सुनाएकाे?
आजभन्दा लगभग ७००० साल पहिले ।
इ) कुन दिन, कहाँ, कति समय?
रविवार, एकादशी तिथिमा, कुरुक्षेत्रकाे रणभूमिमा, करिव ४५ मिनट ।
ई) किन सुनाईएकाे नि?
अाफ्नाे कर्तव्यबाट भट्केका अर्जुनलाई कर्तव्य सिकाउन र आउँदाे पीढिलाई धर्म-ज्ञान सिकाउन कालागि ।
उ) गीतामा कति अध्याय र श्लाेक छन् ?
कुल १८ अध्याय र ७०० श्लोक ।
ऊ) गीतामा मुख्य मुख्य कुरा के बताईएकाे छ?
ज्ञान, भक्ति र कर्मयोग मार्गकाे विस्तृत व्याख्या, जुन मार्गमा चल्नाले व्यक्ति निश्चय पनि परमपदकाे अधिकारी बन्न सक्दछ ।
ए) गीतालाई अर्जुनका अतिरिक्त अरु काे कसले सुने ?
धृतराष्ट्र र संजयले ।
ऐ) अर्जुनभन्दा पहिले गीताकाे पावन ज्ञान कस्लाई मिलेकाे थियाे?
भगवान् सूर्यदेवलाई ।
अाे) गीताकाे गिन्ति कुन धर्म-ग्रंथमा अाँदछ ?
उपनिषदहरुमा ।
अाै) गीता कुन महाग्रंथकाे भाग हाे र यसकाे दाेस्राे नाम के हाे ?
महाभारतकाे एक अध्याय शान्ति-पर्वकाे भाग, अनि दास्राे नाम गीतोपनिषद ।
अं) गीताेका सार के हाे?
प्रभु श्रीकृष्णमा शरण लिनू ।
अः) गीतामा कसले कति श्लोक कहेकाे पाईञ्छ?
श्रीकृष्णले- ५७४,
अर्जुनले ८५,
धृतराष्ट्रले १ तथा
संजयले ४० ।
घ) हिन्दू देवी-देवता ३३ काेटी/ प्रकारका छन् (३३ कराेड हैन):
अ) १२ प्रकार:
आदित्य, धाता, मित, आर्यमा,
शक्रा, वरुण, अँश, भाग, विवास्वान, पूष,
सविता, तवास्था र विष्णु…!
अा) ८ प्रकार:
वासु:, धर, ध्रुव, सोम, अह, अनिल, अनल, प्रत्युष र प्रभाष ।
इ) ११ प्रकार:
रुद्र:, हर, बहुरुप, त्रयँबक, अपराजिता, बृषाकापि, शँभू, कपार्दी, रेवात, मृगव्याध, शर्वा र कपाली ।
ई) २ प्रकार:
अश्विनी र कुमार ।
कुल: १२+८+११+२=३३ कोटी ।
ङ) दुई पक्ष: कृष्ण पक्ष र शुक्ल पक्ष ।
च) तिर्नै पर्ने तीन ऋण:
देव ऋण
पितृ ऋण
ऋषि ऋण ।
छ) चार युग:
सत्य युग
त्रेता युग
द्वापरयुग र
कलियुग ।
ज) प्राचीन चार धाम:
द्वारिका, बद्रीनाथ, जगन्नाथ पुरी र रामेश्वरम् धाम !
झ) चारपीठ:
शारदा पीठ (द्वारिका ),
ज्योतिष पीठ (जोशीमठ बद्रिधाम),
गोवर्धन पीठ (जगन्नाथपुरी) र
शृंगेरीपीठ ।
ञ) चार वेद:
ऋग्वेद,
अथर्वेद,
यजुर्वेद र
सामवेद ।
ट) चार आश्रम:
ब्रह्मचर्य,
गृहस्थ,
वानप्रस्थ र
सन्यास ।
ठ) चार अंतःकरण:
मन, बुद्धि, चित्त, अहंकार ।
ड) पञ्च गव्य:
गाईका घीऊ, दूध, दही, गोमूत्र र गोबर !
ढ) पञ्च देव:
गणेश, विष्णु, शिव,देवी र सूर्य ।
ण) पञ्च तत्त्व:
पृथ्वी, जल, अग्नि, वायु र आकाश ।
त) छ दर्शन:
वैशेषिक, न्याय, सांख्य, योग, पूर्व मिसांसा, दक्षिण मिसांसा ।
थ) सप्त ऋषि:
विश्वामित्र, जमदाग्नि, भरद्वाज, गौतम, अत्री, वशिष्ठ र कश्यप ।
द) सप्त पुरी:
अयोध्यापुरी, मथुरापुरी, मायापुरी (हरिद्वार), काशीपुरी, कांचीपुरी (शिन कांची र विष्णु कांची), अवंतिकापुरी र द्वारिका पुरी ।
ध) आठ योग:
यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि ।
न) आठ लक्ष्मी:
आग्घ, विद्या, सौभाग्य, अमृत, काम, सत्य, भोग र योग लक्ष्मी ।
प) नव दुर्गा:
शैलपुत्री, ब्रह्मचारिणी, चंद्रघंटा, कुष्मांडा, स्कंदमाता, कात्यायिनी, कालरात्रि, महागौरी र सिद्धिदात्री ।
फ) दस दिशा:
पूर्व, पश्चिम, उत्तर, दक्षिण, ईशान, नैऋत्य, वायव्य, अाग्नेय, आकाश , पाताल ।
ब) विष्णु भगवान्का मुख्य अवतारहरू
मत्स्य, कुर्म, वराह, नरसिंह, वामन, परशुराम, श्री राम, श्रीकृष्ण, बुद्ध र कल्कि ।
भ) बारह मास:
वैशाख, ज्येष्ठ, अाषाढ, श्रावण, भाद्रपद, अाश्विन, कार्तिक, मार्गशीर्ष, पौष, माघ, फाल्गुण र चैत्र ।
म) बारह राशी:
मेष, वृषभ, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मीन ।
य) बारह ज्योतिर्लिंग:
सोमनाथ, मल्लिकार्जुन, महाकाल, ओमकारेश्वर, बैजनाथ, रामेश्वरम, विश्वनाथ, त्र्यंबकेश्वर, केदारनाथ, घुष्नेश्वर, भीमाशंकर, नागेश्वर ।
र) पन्ध्र तिथि
(वदि=कृष्णपक्ष, शूदि= शुक्लपक्ष):
प्रतिपदा, द्वितीया, तृतीया, चतुर्थी, पञ्चमी, षष्ठी, सप्तमी, अष्टमी, नवमी, दशमी, एकादशी, द्वादशी, त्रयोदशी, चतुर्दशी, पूर्णिमा/अमावस्या ।
ल) स्मृतिहरू:
मनु, विष्णु, अत्री, हारीत, याज्ञवल्क्य, उशना, अंगीरा, यम, आपस्तम्ब, सर्वत, कात्यायन, ब्रहस्पति, पराशर, व्यास, शांख्य, लिखित, दक्ष, शातातप, वशिष्ठ ।
व) हिन्दू धर्मका १० महत्वपूर्ण कुराहरू:
१. दश ध्वनि: घंटी, शंख, बाँसुरी, वीणा, मुजुरा, करतल, बीन (पुंगी), ढोल, नगरा र मृदंग ।
२. दश कर्तव्य: संध्यावंदन, व्रत, तीर्थ, उत्सव, दान, सेवा, संस्कार, यज्ञ, वेदपाठ, धर्म प्रचार ।
३. दश दिशा (माथि नै उल्लिखित) ।
४. दश दिग्पाल: दश दिशाका दिग्पाल/द्वारपाल देवता । उर्ध्व: ब्रह्मा, ईशान: शिव/ ईश, पूर्व: इंद्र, आग्नेय: अग्नि/ वह्रि, दक्षिण: यम, नैऋत्य: नऋति, पश्चिम: वरुण, वायव्य: वायु/ मारुत, उत्तर: कुबेर र अधो: अनंत ।
५. दश देवीय आत्मा: कामधेनु गाई, गरुड, संपाति-जटायु, उच्चै:श्रवा अश्व, ऐरावत हात्ती, शेषनाग-वासुकि, रीझ मानव, वानर मानव, येति र मकर ।
६. दश देवीय वस्तु: कल्पवृक्ष, अक्षयपात्र, कर्णकाे कवच कुंडल, दिव्य धनुष र तरकश, पारसमणि, अश्वत्थामाकाे मणि, स्यंमतकमणि, पाञ्चजन्य शंख, कौस्तुभमणि र संजीवनी बूटी।
७. पवित्र पेय: चरणामृत, पञ्चामृत, पञ्चगव्य, सोमरस, अमृत, तुलसी रस, खीर, अमलाकाे रस ।
८. दश महाविद्या: काली, तारा, त्रिपुरासुंदरी, भुवनेश्वरी, छिन्नमस्ता, त्रिपुरभैरवी, धूमावती, बगलामुखी, मातंगी र कमला।
९. दश उत्सव: नवसंवत्सर, मकर संक्रांति, वसंत पंचमी, पोंगल, होली, दीपावली, रामनवमी, कृष्ण जन्माष्टमी, महाशिवरात्री र नवरात्रि।
१०. दश उपयाेगी बाल-पुस्तक: पंचतंत्र, हितोपदेश, जातक कथा, उपनिषद कथा, वेताल पच्चिसी, कथासरित्सागर, सिंहासन बत्तीसी, तेनालीराम, शुकसप्तति, बाल कहानी संग्रह।
११. दश पूजा: गंगा दशहरा, आंवला नवमी पूजा, वट सावित्री, तुलसी विवाह पूजा, शीतलाष्टमी, गोवर्धन पूजा, हरतालिका तिज, दुर्गा पूजा, भैरव पूजा र छठ पूजा ।
१२. दश धार्मिक स्थल, १२ ज्योतिर्लिंग, ५१ शक्तिपीठ, चार धाम, सात पुरी, सात नगरी, चार-मठ, आश्रम, दश समाधि स्थल, पाँच सरोवर, दश पर्वत र दश गुफाहरू ।
१३. दश पूजाका फूल : आंकड़ा, गेंदा, पारिजात, चंपा, कमल, गुलाब, चमेली, गुड़हल, कनेर र रजनीगंधा ।
१४. दश धार्मिक सुगंध: गुग्गुल, चंदन, गुलाब, केसर, कर्पूर, अष्टगंथ, गुढ़-घीऊ, समिधा, मेहंदी, चमेली।
१५. दश सिद्धांत:
एको ब्रह्म द्वितीयो नास्ति,
आत्मा अमर छ,
पुनर्जन्म हुञ्छ,
मोक्ष नै जीवनकाे लक्ष्य हाे,
कर्मकाे प्रभाव हुञ्छ, कर्म नै भाग्य हाे, संस्कारबद्ध जीवन नै जीवन हाे,
ब्रह्माण्ड अनित्य र परिवर्तनशील छ,
संध्यावंदन-ध्यान नै सत्य हाे,
वेदपाठ र यज्ञकर्म नै धर्म हाे,
दान नै पुण्य हाे ।







