२१ बैशाख काठमाडाै ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार जारी गरेकाे अध्यादेशकाे घाेर आपत्ति जनाउँदै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विज्ञप्ती प्रकाशित गरेकाे छ ।
राष्ट्रपति भण्डारीले संबैधानिक परिषद् सम्बन्धी ७ वटा अध्यादेश जारी गरेकी थिइन् । साेही अध्यादेश जारी पश्चात् नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवाद्वारा हस्ताक्षारीत विज्ञप्ती मार्फत आपत्ति जनाएकाे हाे ।
विज्ञप्तीमा भनिएकाे छ, संसदको बजेट अधिवेशन बोलाउन ढिला भैरहेको अवस्थामा संसदलाई छलेर अध्यादेश मार्फत् शासन चलाउने वर्तमान सरकारको कार्यशैली घोर आपत्तिजनक छ । संवैधानिक परिषद् सम्बन्धी अध्यादेश लगायत ७ वटा अध्यादेश ल्याउने सरकारको निर्णयको नेपाली कांग्रेस घोर भत्सर्ना गर्दछ ।
शेरबहादुर देउवा
सभापति








