२१ बैशाख,ताप्लेजुङ।
जिल्लामा कोरोना संक्रमितको संख्या ह्वातै बढेसंगै जिल्ला अस्पताल ताप्लेजुङले ओपिडी लगायतका सेवा तत्कालका लागि बन्द गरेको छ । जिल्ला अस्पताल ताप्लेजुङका निमित्त मेडिकल सुपरिटेन्ट डाक्टर सोनिङ लामाले मंगलबार सुचना जारी गरी कोभिड–१९ महामारीको दोस्रो लहर सरु भए संगै जिल्लामा संक्रमितको संख्या बढेकाले अस्पतालमा भर्ना गरी उपचार गर्नु पर्ने हुनाले जनरल ओपिडी सेवा, सुरक्षित गर्भपतन सेवा, कण्डम र पिल्स वितरण तथा डिपो सुई लगाउने बाहेक परिवार नियोजन सेवा बन्द भएको जानकारी दिनुभयो । बिरामीको संख्या वृद्धिसंगै जनशक्ति व्यवस्थापनमा समेत कठिनाइ देखिएपछि अर्को व्यवस्था नहुँदासम्म सेवा बन्द रहने सुचनामा उल्लेख गरिएको छ । फिबर क्लिनिक भने सञ्चालन हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!