नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको पार्टीको स्थायी कमिटीको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
२७ वैशाखमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने निर्णय गरेपछि माओवादीले समर्थन फिर्ता लिने निर्णय लिएको हो । यसअघि पटकपटक स्थायी कमिटीका बैठकमा समर्थन फिर्ता लिनेबारे छलफल भएको थियो । अघिल्लोपटकको स्थायी कमिटीको बैठकले समर्थन फिर्ता लिने निर्णयको अधिकार अध्यक्ष प्रचण्डलाई दिएको थियो ।







