१६ बैशाख, ताप्लेजुङ। ताप्लेजुङ ट्राफिक प्रहरीले सर्वसाधारणलाई कोरोना भाइरसबाट बच्न र बचाउनका लागि सचेतना अभियान चलाएको छ ।

कोरना भाइरसबाट आफू बच्न र समुदायलाई पनि सुरक्षित राख्नका लागि फुङ्लिङ नगरपालिकाका विभिन्न स्थानहरुमा सवारी चालक तथा पैदलयात्रीहरूलाई सरकारले तोकेका स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेको छ । ‘कोरोना भाइरसबाट आफू सुरक्षित रहौं, घरगाउँ टोल सुरक्षित राखौं, अनिवार्य मास्क लगाऔं भिडभाड नगरौं भन्दै सर्वसाधारणलाई सचेत गराइएको छ ।

मास्क खोइ ? कार्यक्रम गर्दै मास्क नलगाएकाहरुलाई मास्क वितरण पनि गरिएको ताप्लेजुङ ट्राफिक कार्यालयका प्रमुख रोहित थापाले जानकारी दिनुभएको छ।
यसैविच पाँचथरको हिलिहाङ गाउँपालिका १ अमरपुरस्थित अस्थाई प्रहरी चौकीले समेत माक्स खोइ अभियान सञ्चालन गरेको स्थानीय हेमरजा ढकालले जानकारी दिुनभयो । उहाँका अनुसार काठमाडाँै लगायतका क्षेत्रमा निषेधाज्ञा हुने भएपछि रोजगारी तथा अध्ययनको शिलशिलामा गएकाहरु धमाधम गाउँ फर्किनथालेका हुन् । गाउँ फर्किएसँगै बढ्दो भिडभाडबाट हुने कोरोनाको संभावित जोखिमलाई न्युनिकरण गर्न आवश्यक स्वास्थ्य सामाग्री अनिवार्य प्रयोग गर्न सचेत गराईएको हो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!