१६ बैसाख, ताप्लेजुङ । ताप्लेजुङमा ७२ जनाको पिसिआर परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अधिकांस संक्रमित फुङ्लिङ बजार क्षेत्रको रहेका छन् ।

जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलका अनुसार ८ जना पुरुष र ७ जना महिलामा संक्रमण पुष्टि भएको हो । यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या १७ पुगेको छ । संक्रमित सबै होम आईसोलेसनमा छन् । उनिहरुको निगरानीका लागि आवश्यक स्वास्थ्य सामग्री सहित स्वास्थ्यकर्मी परिचालन गरिएको फुङ्लिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेलले जानकारी दिए ।

संक्रमितको कन्ट्याक ट्रेसिङको काम सुरु भएको जनस्वास्थ्य अधिकृत खरेलले बताईन् । जिल्लामा कोरोना संक्रमण कारण एकजनाको निधन भईसकेको छ ।

यसअघि कोरोना संक्रमणको संभावित जोखिमलाई न्युनिकरण गर्न ताप्लेजुङ प्रवेश गर्ने सिमा नाका काबेली, गुफापोखरी लगायतका स्थानमा हेल्थ डेक्सको समेत स्थापना गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!