१५ वैशाख, ताप्लेजुङ ।
ताप्लेजुङमा थप आज ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पाथीभरा बहुमुखी क्याम्पसबाट ६७ र जिल्ला अस्पताल ताप्लेजुङबाट ५ जनाको स्वाब संकलन गरि पठाइएकोमा ३० जनाको स्वाब परीक्षण गरिएको हो । ३० जनाको स्वाब परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले ११ बजेसम्ममा सबैजनाको रिपोर्ट आईसक्नेछ ।







