काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । शुक्रबार जनकपुरबाट काठमाडौं फर्केका नेता नेपाल गौतमलाई भेट्न त्रिभुवन विमानस्थलबाट सिधै नागपोखरी पुगेका थिए ।

शुक्रबार विहान जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले गौतमले आफूसँग छलफल गर्न चाहेको बताएका थिए । केपी ओलीले पार्टी ध्वस्त पार्न लागेको भन्दै गौतमले आफूसँग छलफल गर्न चाहेको नेता नेपालको भनाइ थियो । यही विषयमा छलफल गर्न गौतम र नेपालबीच भेटवार्ता भएको हो ।

गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीका अनुसार नागपोखरीस्थित हरिस गौतमको कार्यालयमा दुई नेताबीच कुराकानी भएको हो ।

विहीबार साँझ बालुवाटारमा प्रधानमन्त्री एव्ं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग डिनर मिटिङ गरेका नेता गौतम ओलीसँग बिच्किएर नेता नेपाल निकट पुगेका हुन् । यसअघि गौतम एमालेका दुबै समूहमा नलागी एमाले राष्ट्रिय एकता अभियान चलाएर तेस्रोधारमा थिए ।

वरिष्ठ नेता नेपालले पनि बुधबार र विहीबार दुई दिन मेरियट होटलमा प्रधानमन्त्री ओलीसँग छलफल गरेका थिए ।

प्रधानमन्त्री ओलीसँग भएका दुबै नेताका छलफल सकारात्मक नभएपछि शुक्रबार साँझ भएको नेपाल –गौतम वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यसैबीच प्रधानमन्त्री ओलीले शुक्रबार नै बालुवाटार राखेको बैठकबाट नेता गौतमलाई पनि स्थायी कमिटी सदस्य बनाइएका छन् । तर नेता गौतमले त्यो स्थायी कमिटीको कुनै अर्थ नरहेको प्रतिक्रिया दिएको सुवेदीले बताए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!