काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच मेरियट होटलमा भेटवार्ता सुरु भएको छ । बुधबार साँझ पनि दुई नेताबीच मेरियट होटलमा छलफल भएको थियो । बिहीबार पुनः छलफलका लागि दुई नेताबीच भेटवार्ता सुरु भएको हो ।
बुधबार भएको भेटवार्तामा अध्यक्ष ओलीले पार्टीमा आएको उतारचढावबारे लामो कुराकानी गरेको भनिएको थियो । भेटसँगै दुई नेताबीचको लामो संवादहीनता तोडिएको भनिएको थियो, तर सहमतिको कुनै प्रस्ताव नआएको नेताहरूले बताएका छन् ।







