फागुन १३, ताप्लेजुङ । निर्वाचन आचार संहिताको प्रभावकारी कार्यान्वयनमा सञ्चारकर्मी स्वयं अग्रसर हुने प्रतिबद्धता व्यक्त गरिएको छ। आचार संहितालाई केवल औपचारिक दस्तावेज नभई स्वनियमनको आधारका रूपमा ग्रहण गर्दै यहाँका पत्रकारहरूले निर्वाचनसँग सरोकार राख्ने सबै पक्षलाई समेत यसको पालना गराउन सक्रिय भूमिका खेल्ने निष्कर्ष निकालेका हुन्।
कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोग र नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको समन्वयमा नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाले फुङलिङमा आयोजना गरेको कार्यक्रममा निर्वाचन आचार संहिताका सैद्धान्तिक तथा व्यवहारिक पक्षबारे छलफल गरिएको थियो। कार्यक्रममा आचार संहिताको सन्दर्भ, पालनाका आधार र सञ्चारकर्मीको भूमिकाबारे प्रस्तुतीकरण गरिएको थियो।
प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण तालिममा सहभागी भई फर्किएका प्रतिनिधिहरूले प्राप्त सीप र अनुभव स्थानीय सञ्चारकर्मीसँग साझा गरेका थिए। छलफलका क्रममा निर्वाचन अवधिभर निष्पक्षता, तथ्यपरकता र संवेदनशीलतासहित समाचार सम्प्रेषण गर्ने विषयमा जोड दिइयो।
कार्यक्रममा आचार संहिता कार्यान्वयनलाई सुदृढ बनाउन सञ्चारमाध्यमले सचेत, जिम्मेवार र संयमित भूमिका निर्वाह गर्नुपर्ने विषयमा सहमति जुटाइएको थियो। निर्वाचनको पूर्वअवधिदेखि मतपरिणाम सार्वजनिक हुँदासम्म सबै पक्षलाई आचार संहिताको दायरामा राख्न सञ्चार क्षेत्रले रचनात्मक खबरदारी गर्ने तयारीसमेत गरिएको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!