ताप्लेजुङ — हिमाली भूगोल, सांस्कृतिक विविधता र अपार सम्भावना बोकेको ताप्लेजुङ जिल्ला आज पनि शिक्षा, पूर्वाधार, रोजगारी र सामाजिक समन्वयका चुनौतीसँग जुधिरहेको छ। यिनै चुनौतीबीच जिल्लाको सामाजिक जीवनमा देवराज गुरुङजस्ता व्यक्तिहरूले देखाएको सक्रियता र नेतृत्वले सकारात्मक परिवर्तनको आशा जगाएको छ।
शिक्षा क्षेत्र देवराज गुरुङको पहिचानको प्रमुख आधार हो। निजी विद्यालय अर्गनाइजेसन (प्याब्सन) ताप्लेजुङका अध्यक्षका रूपमा उनले निजी विद्यालयहरूको हकहित संरक्षण, गुणस्तरीय शिक्षा प्रवर्द्धन र विद्यालय व्यवस्थापन सुदृढीकरणमा निरन्तर भूमिका निर्वाह गरेका छन्। दिवंगत अध्यक्ष गणेश सिग्देलको निधनपछि संगठनलाई स्थिर राख्दै अघि बढाउनु केवल संगठन सञ्चालन मात्र नभई संकट व्यवस्थापनको उदाहरण बनेको स्थानीयको बुझाइ छ।
ताप्लेजुङमा युवाको ऊर्जा सकारात्मक दिशातर्फ डोर्‍याउन खेलकुद प्रभावकारी माध्यम बन्न सक्छ भन्ने विश्वासका साथ गुरुङले बन्दप्रायः अवस्थामा पुगेको लाखेजात्रा फुटबल प्रतियोगितालाई पुनः निरन्तरता दिए। यसले फुङ्लिङ मात्र होइन, जिल्लाका विभिन्न पालिकाका युवालाई सहभागिताको अवसर दिएको छ। खेलकुदमार्फत अनुशासन, नेतृत्व र सामाजिक एकता मजबुत बनाउने उनको सोचले जिल्लामा खेलकुद संस्कृतिलाई पुनर्जीवित गरेको छ।
त्यसैगरी, ताप्लेजुङ महोत्सवको संयोजकका रूपमा गुरुङले जिल्लाको कला, संस्कृति, कृषि उत्पादन र पर्यटनलाई एउटै मञ्चमा ल्याउने प्रयास गरे। महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धन, आन्तरिक पर्यटन वृद्धि र आर्थिक चलायमानतामा योगदान पुर्‍याएको स्थानीय व्यवसायीहरूको अनुभव छ। यसले ताप्लेजुङको पहिचानलाई जिल्लाबाहिर चिनाउने काम समेत गरेको छ।
देवराज गुरुङको योगदान कार्यक्रम आयोजनामा मात्र सीमित छैन। शिक्षा, खेलकुद र सांस्कृतिक गतिविधिबाट समाजमा समन्वय, सहभागिता र सकारात्मक सोच विकास गर्नु उनको मुख्य फोकस हो। जिल्लामा विद्यमान भौगोलिक कठिनाइ, सीमित स्रोत र अवसरको अभावबीच पनि दीर्घकालीन सोचसहित काम गर्न सकिने सन्देश उनले दिएका छन्।
आज ताप्लेजुङ जिल्लाको विकास बहस शिक्षा, पर्यटन, कृषि, खेलकुद र युवाको रोजगारीमा केन्द्रित हुँदै गएको छ। यस्ता बहसबीच देवराज गुरुङजस्ता सामाजिक र शैक्षिक क्षेत्रमा अनुभव भएका व्यक्तिहरूको भूमिका अझ महत्वपूर्ण बन्दै गएको छ। त्यसैले फुङ्लिङ नगरपालिकाको नेतृत्वदेखि जिल्लाको समग्र विकास यात्रासम्म उनको नाम चर्चामा आउनु संयोग होइन।
देवराज गुरुङ र ताप्लेजुङको कथा अझै जारी छ—चुनौतीबीच सम्भावना खोज्ने र काममार्फत विश्वास निर्माण गर्ने यात्राका रूपमा।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!