ताप्लेजुङ, पुस २४ — ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा कार्यरत शिक्षकहरूका लागि शैक्षिक तथा शिक्षण–सिकाइ सामग्री निर्माणसम्बन्धी सातदिने तालिम सुरु भएको छ। ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड नेपाल)को आयोजनामा गाउँपालिकाका तीन वटा वडाका १५४ जना शिक्षकहरू तालिममा सहभागी छन्।
बिहीबारदेखि फक्ताङलुङ गाउँपालिका–३ स्थित सिंवा माध्यमिक विद्यालयमा सुरु भएको तालिममा वडा नं. १ सावादिन, वडा नं. २ खेजेनिम र वडा नं. ३ लिङखिमका विद्यालयहरूमा कार्यरत शिक्षकहरू सहभागी छन्। तालिम संयुक्त रूपमा सञ्चालन गरिएको रिड नेपाल ताप्लेजुङका प्रबन्धक राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो।
हालै फक्ताङलुङ गाउँपालिकाका ती वडाहरू रिड नेपालको कार्यक्षेत्रमा समेटिएसँगै सेवा क्षेत्रमा रहेका शिक्षकहरूका लागि पहिलो पटक यस्तो तालिम आयोजना गरिएको रिड नेपालकी शिक्षा विकास अधिकृत अमृता थलङले बताउनुभयो। तालिमले कक्षा शिक्षणलाई व्यवहारिक, प्रभावकारी र विद्यार्थीमैत्री बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
यसअघि रिड नेपालले फक्ताङलुङ गाउँपालिकाका वडा नं. ४ इखाबु, वडा नं. ५ तापेथोक, वडा नं. ६ लेलेप र वडा नं. ७ ओलाङचुङगोला तथा सिरिजङ्गा गाउँपालिकाका वडा नं. ६ मामाङ्खे, वडा नं. ७ खेवाङ र वडा नं. ८ याम्फुदिनका विद्यालयहरूमा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको थियो।
हिमालयन ट्रष्ट यूकेको आर्थिक सहयोग तथा फक्ताङलुङ गाउँपालिकासँगको समन्वयमा रिड नेपालले ताप्लेजुङका उत्तरी दुर्गम क्षेत्रका विद्यालयहरूमा सीप विकास, पूर्वाधार सुधार तथा शिक्षक दक्षता अभिवृद्धिका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!