ताप्लेजुङ । ताप्लेजुङको कफिहाउस क्षेत्रलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले सौन्दर्यकरणको काम सुरु गरिएको छ। वडा नम्बर ७ ले कफिहाउस क्षेत्रअन्तर्गत रहेको नर्सरी परिसरमा व्यवस्थित सौन्दर्यकरण अघि बढाएको हो।
यस कार्यमा वडा सदस्य अभय प्रसाद लिम्बुको सक्रिय पहल, योजना र समन्वय उल्लेखनीय रहेको छ। स्थानीय पर्यटन प्रवर्द्धन गर्ने दीर्घकालीन सोचअनुसार लिम्बुको नेतृत्वमा हरियाली व्यवस्थापन, पदमार्ग निर्माण, सरसफाइ, विश्रामस्थल र फोटो खिच्न उपयुक्त संरचनाहरू निर्माण गरिँदै छन्।
सौन्दर्यकरणपछि कफिहाउस क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकका लागि थप आकर्षक बन्ने अपेक्षा गरिएको छ। यसले पर्यटकको बसाइ अवधि बढाउने, स्थानीय व्यवसायलाई प्रोत्साहन गर्ने तथा रोजगारीका अवसर सिर्जना गर्ने विश्वास गरिएको छ।
वडा कार्यालयका अनुसार पर्यटनसँग जोडिएको यस्तो विकासले कफिहाउस क्षेत्रलाई ताप्लेजुङको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्नेछ।







