ताप्लेजुङ । बालमन्दिर आधारभूत विद्यालयमा कोअपरेटिभ्स युथ अर्गनाइजेसन नेपाल, धादिङ र फुङलिङ नगरपालिकाको आर्थिक सहयोगमा ८५ जना विद्यार्थी तथा १२ जना शिक्षकलाई न्यानो टोपी वितरण कार्यक्रम आज सम्पन्न भएको छ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष राधाकृष्ण पौडेलको अध्यक्षतामा तथा फुङलिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा फुङलिङ नगरपालिका शिक्षा शाखा प्रमुख प्रकाश पौडेलले शुभकामना मन्तव्य व्यक्त गर्दै बालमन्दिर विद्यालयलाई जिल्लाकै नमुना विद्यालयका रूपमा घोषणा गर्नुपर्ने धारणा राख्नुभयो। उहाँले वरपरका निजी विद्यालयको भन्दा दोब्बर सिकाइ उपलब्धि हासिल गर्दै अगुवा विद्यालय बन्न शिक्षक तथा कर्मचारीलाई सुझाव दिनुभयो।
साथै आगामी शैक्षिक सत्र २०८३ देखि कक्षा ४ सम्म अंग्रेजी माध्यममा पठनपाठन सुरु गर्ने विद्यालयको योजनाले खुशी लागेको बताउनुभयो।
कार्यक्रममा नगर प्रमुख अमिर मादेनले विद्यालयको थप प्रगतिका लागि २ जना शिक्षकको दरबन्दी थप गर्ने र ४ कोठे भवन निर्माण गरिदिने प्रतिबद्धता जनाउनुभयो। सरकारले धेरै ठाउँमा परिणामविना लगानी गरिरहेको उल्लेख गर्दै अत्यावश्यक स्थानमा मात्र लगानी बढाउने नीति अवलम्बन गरिने बताउनुभयो।

विद्यालयका प्रधानाध्यापक धर्मप्रसाद पौड्यालका अनुसार हाल विद्यालयमा ९५ जना विद्यार्थी अध्ययनरत छन्।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!