पौष १७, ताप्लेजुङ। लाखेजात्रा सञ्चालन समितिले तेस्रो संस्करणको ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताबाट ५ लाख १७ हजार ३ सय २७ रुपैयाँ बचत गर्न सफल भएको छ।
समितिले बिहीबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको आय–व्यय सार्वजनिक गर्दै कुल ९१ लाख ४८ हजार रुपैयाँभन्दा बढी आम्दानी भएको र ८७ लाख रुपैयाँभन्दा बढी खर्च भएको जानकारी दिएको हो।
समितिका अनुसार ताप्लेजुङका ६ स्थानीय तहबाट प्राप्त हुन बाँकी सहयोग रकम आएमा बचत रकम करिब १० लाख रुपैयाँभन्दा बढी पुग्नेछ।
लाखेजात्राको अवसरमा साउन २४ देखि ३१ गतेसम्म फुङलिङस्थित भानुजन माविको खेलमैदानमा आयोजना भएको अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपमा भारतसहित ८ टोली सहभागी थिए।
प्रतियोगिताको उपाधि सलहेस युवा क्लबले जित्दा चर्च ब्वाइज फुटबल क्लब उपविजेता बनेको थियो।
🎖️ विजेता: रु ५,०२,०८२
🥈 उपविजेता: रु ३,५०,०८२
टिकट बिक्रीबाट मात्रै २० लाख रुपैयाँ आम्दानी भएको समितिले जनाएको छ।







