✍️तरुण भारती
ताप्लेजुङ। फुङलिङ नगरपालिका–६, बतासे, गुम्बाडाँडामा अवस्थित निङ्मा छ्योखोरलिङ बौद्ध गुम्बा आज समयको कठोर चोट सहँदै जीर्ण अवस्थामा पुगेको छ।

शान्ति, ध्यान र करुणाको सन्देश बोकेको यो गुम्बा केवल ढुंगा–माटोको संरचना मात्र होइन, हाम्रो आस्था, संस्कार र पहिचानको जीवित इतिहास हो।
मान्छे धर्तीमा स्थायी छैन।
हामी खाली हात आएका हौँ, खाली हात नै फर्किनेछौँ।
तर बीचको यो यात्रामा गरिएका सत्कर्म, दान र सेवा नै जीवनका साँचो गहना हुन्।

त्यही भावनालाई आत्मसात् गर्दै निङ्मा छ्योखोरलिङ बौद्ध गुम्बालाई जीर्णबाट नयाँ, मौनताबाट ऊर्जा र इतिहासबाट भविष्यतर्फ डोर्याउने पवित्र अभियान सुरु गरिएको छ।

करिब रु. ३ करोड ५० लाख लागत अनुमान गरिएको यस पुनर्निर्माण अभियान केवल भवन निर्माण होइन, भविष्यका सन्ततिलाई शान्ति, संस्कार र संस्कृतिको अमूल्य उपहार सुम्पिने प्रयास हो।

पुनर्निर्माणपछि यो गुम्बा साधना र ध्यानको केन्द्रका रूपमा मात्र होइन, यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि पनि शान्त विश्रामस्थल बन्ने विश्वास लिइएको छ। यसले स्थानीय पहिचान जोगाउनुका साथै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।
गुम्बाभित्र तथा बाहिरी संरचना, बुद्ध प्रतिमा, ध्यान कक्षलगायतका विषयमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिएको भए पनि सबै विवरण यहाँ समेट्न सम्भव नभएको समितिले जनाएको छ। विगतमा सहयोग पुर्‍याउनु भएका दाता महानुभावहरूको योगदानलाई अभिलेख गरी श्रद्धापूर्वक सुरक्षित राखिएको छ।


आज तपाईंले खोल्नु भएको एक मुठ्ठी दान
भोलि कसैको मनमा शान्ति बन्छ,
कसैको जीवनमा उज्यालो बन्छ,
र पुस्तौँ–पुस्तासम्म स्मरणीय पुण्यको दीप बन्छ।

यस पवित्र अभियानमा जन, धन र मनबाट साथ दिई धर्म र मानवताको सेवा गर्न देश–विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अपिल गरिएको छ।
पुण्य कहिल्यै सानो हुँदैन,
नियत ठूलो भए पुग्छ।

यति ठूलो जिम्मेवारी समाल्ने आट गरेका देवराज गुरुङले लाखेजात्रामा खेलाइने फुटबल ब्युताउने साथै जिल्लामा पर्यटन महोत्सवहरुको समेत जिम्मेवारी लिएर सफलता प्राप्त गरिसक्नु भएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!