ताप्लेजुङ — ताप्लेजुङको फुङलिङ नगरपालिका–६ मा पुस ११ गतेदेखि क्लव स्तरीय खुल्ला पुरुष फुटबल प्रतियोगिता तथा वृहत्त साँस्कृतिक कार्यक्रम सञ्चालन हुने भएको छ।

स्वर्गीय पदमबहादुर गुरुङको स्मृतिमा ताप्लेजुङ स्पोर्टिङ क्लवले दोस्रो संस्करणको प्रतियोगिता आयोजना गर्न लागेको हो। आयोजकका अनुसार प्रतियोगितामा विजेता टोलीले नगद १ लाख १५ हजार रुपैयाँ तथा उपविजेता टोलीले ५५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगितामा विभिन्न विधागत पुरस्कारको पनि व्यवस्था गरिएको छ।

तमू ल्होसारको अवसरमा तमू ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्सँगको समन्वयमा आयोजना हुने प्रतियोगिता पुस १५ गते समापन हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!